कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

तिहार पछी अमेरिकामा लिम्बु भाषाको चलचित्र ‘थेत्लङ’ भव्यताका साथ प्रदशन हुने

किशोर सुब्बा निर्देशित लिम्बु भाषाको कथानक चलचित्र ‘थेत्लङ्’ को विशेष प्रदर्शन मिति पछि सरेको छ । २०२१ अक्टोवर २ तारिक शनिबार किराँत याक्थंङ् चुम्लुङ् अमेरिकाको विशेष सहयोगमा र दिपक थेवेको संयोजकत्वमा ज्याक्सन हाईट न्यु योर्क स्थित सत्यनारायण हलमा प्रदर्शन गरिने भनि टिकट समेत विक्री, वितरण गरिसकेको भएपनि नेपालीहरुको महान चाड विजया दशमी र तिहारको तयारीसंगै सबैजना व्यस्त हुने र दशै, तिहार मनाउन अधिकाँश नेपाल जाने लगायतका विभिन्न कार्यक्रम हुने भएकोले हाललाई विशेष प्रदर्शन रोक्नु परेको निर्देशक किशोर सुब्बाले जानकारी गराउनु भएको छ ।

उहाँका अनुसार तिहार सक्के लगतै चलचित्र प्रदर्शन हुनेछ । दशंै, तिहार भरी चलचित्रको प्रचार, प्रसार र टिकटहरु धेरै भन्दा धेरै दर्शक माझ पुराउने र प्रयाप्त मात्रामा दर्शक शुभचिन्तकहरुको सहभागिता गराउने उव्देश्य आयोजक पक्षले लिएको छ । परिवर्तिक कार्यक्रम मिति अनुसार १४ नोभेम्बर २०२१ शनिबार दिनको ४ः३० बजे ग्यालजुङ्ग हल युएसएमा चलचित्रको बिशेष प्रदर्शन हुने छ ।

चलचित्रमा बिशाल सेनेहांड्, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिंड्, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिबांड्, सागर केरुंड्, सुखविर लिम्बु लगायतका कलाकार रहेको छन् भने निर्मातामा मनि ताम्लिंड् र बिराज लिम्बु रहेका छन् । ओपेरा क्रियशन्स प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र ‘थेत्लंड्’ सिक्किमको बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । चलचित्रमा नृत्य दिनेश लिम्बु, संगीत कुल्बा सुब्बा, राजु, पबिन, मोनि, छायांकन हेमन्त योञ्जन, सम्पादन सुमन र कथा देउमान होन्दोक लिम्बु, पटकथा, सम्वाद सागर केरुङको रहेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent