चाप्पेतिको आमा र रुद्र पाहिम ले लिएर आए आनी याक्थुङ्बा, तीन र चार

काठमाडौं – आनी याक्थुङ्बा तीन र चार आज एक पत्रकार सम्मेलन गरी एक साथ सार्वजनिक भएको छ । सुनिता थेगिम र सुमन लिम्बूको स्वरमा रहेको पालाम (आनी याक्थुङ्बा – ३) मा रुद्र पाहिमको शब्द रहेको छ भने प्राज्ञ अशोक लोहरुङको एरेञ्ज र संगीत रहेको छ ।

दिनेश माङमु लिम्बूले निर्देशन गरेको भिडियोमा रुद्र पाहिम र पुष्पाञ्जली तिलिङ मादेन (चाप्पेतिको आमा) को अभिनय रहेको छ । मुकेश हुमागाइको छायांकन रहेको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् |

त्यसै गरी सुमन लिम्बू र निरन्ता नेम्बाङ, गंगा फियाक लिम्बु र भिम सेनेको स्वरमा रहेको पालाम आनी (याक्थुङ्बा – ४) पनि सार्वजनिक भएको छ ।

उक्त गीतमा नेम खापुङ लिम्बूको शब्द रहेको छ भने संगीत यादन नुनाम शेर्माको र छायांकन र सम्पादन बिबी लिम्बूको रहेको छ ।

दिनेश माङमुको निर्देशन रहेको भिडियोमा रुद्र पाहिम, पुष्पाञ्जली तिलिङ (चाप्पेतिको आमा) , राज सुब्बा ,जानु लिम्बू , हेमु स्मृति चोङबाङ , शिब कुमार सम्बाहाङफे, रुपाञ्जली तिलिङ, पेज राज माबुहाङ ,सुमन लिम्बू रपुष्पा दिवानी तिगेलाको अभिनय रहेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent