लक्ष्मी योङहाङ र धनु ग्याङमीको बेजोड अभिनय रहेको “फिदीम बजार” सार्वजनिक

पाँचथरको फिदीम अनि फिदीम आसपासका ठाउँहरुलाई समेटेर बनाईएको गीत “फिदीम बजार” सार्वजनिक भएको छ। जन्मथलो पाँचथर भई सांगीतिक क्षेत्रलाई आफ्नो कर्म बनाएका संगीतकर्मी हरुको सहकार्यमा बनेको “फिदिम बजार” बोलको गीतलाई यूवा गीतकार डि.पी खनालले शब्द संयोजन तथा संकलन गरेका छन् भने उक्त गीतलाई कमल श्रेष्ठले संगीत संकलन गरेका छन्। गीतमा कमल श्रेष्ठ र रोजी थाम्सुहाङ सम्बाहाफेको सुमधर स्वर रहेको छ।

पुर्बेली तथा आधुनिक शैलिमा संयोजन गरिएको गीतका संगीत संयोजक धनु ग्याङ्मी हुन्। लामो समयदेखी नेपाली चलचित्र तथा म्युजिक भिडियो निर्देशनमा तल्लिन निर्देशक देबजंग थापाले निर्देशन/छांयाकन तथा सम्पादन गरेको भिडियोमा धनु ग्याङ्मी,लक्ष्मी योङ्गहाङ लाई मुख्य भुमिकामा देखिएका छन अनि ,सुभम चाम्लिङ,अप्सरा चाम्लिङ,अभिषेक केरुङ,दिवस पियाङ्गु,बिश्व कुरुङ्वाङ,उदय कुरुङ्वाङ लगायत का चिरपरिचित कलाकार हरुको पनिअभिनय रहेको छ।

पुर्बेली संस्कृति झल्काउने भेषभुषा सहित संतोष राजबाहकले नृत्य निर्देशन गरेको भिडियोमा खेम सम्बाहाम्फे,रजन श्रेष्ठ,सागर थापा,सेवारो ट्याटु,सागर वाईवाले निर्माण गरेका छन् ।

हेर्नुस् पूरा भिडियो:

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार