बिहे गरे निर्देशक सुदर्शन र सञ्चारकर्मी सुप्रियाले

चलचित्र निर्देशक सुदर्शन थापा र सञ्चारकर्मी सुप्रिया कटुवालले आपसमा बिहे गरेका छन्। 

गत भदौ २१ गते इन्गेजमेन्ट गरेका उनीहरूले शुक्रबार काठमाडौंको एक होटलमा विवाह गरेका हुन्। 

करिब एक वर्षदेखिको प्रेमलाई सुदर्शन र सुप्रियाले विवाहमा परिणत गरेका हुन्। 

‘मेरो एउटा साथी छ’ निर्देशन गरेर चलचित्र क्षेत्रमा प्रवेश गरेका सुदर्शनले ‘मेरो लभ स्टोरी, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २’ लगायत  फिल्म निर्देशन गरेका छन्।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent