पल शाहसंग कुनै प्रकारको अनैतिक सम्बन्ध छैन, चरित्र हत्या गर्न खोजिदै छः समिक्ष अधिकारी

नायक पल शाह र नायिका समिक्षा अधिकारी केही समयदेखि सांगीतिक बजारको गसिपको केन्द्रमा छन् । गायिका अधिकारी र नायक शाहले केही म्युजिक भिडियोमा समेत काम गरेका छन् । उनीहरुले अभिनय गरेको ‘डिग्री सम्म पढम्ला’ बोलको गीतको भिडियो पनि केही दिन अगाडि सार्वजनिक भएको छ । जुन भिडियोलाई दर्शकले औषत रुचाएका छन् ।

पल र समिक्षाको चर्चा युटुबमा सार्वजनिक हुने म्युजिक भिडियोमा मात्र होइन, टिकटकका कारण पनि खुबै हुन्छ । मायाले भरिएको टिकटकमा समिक्षा र पल दिल खोलैर निकटता देखाउँछन् । समिक्षाले केही समय अगाडि अनलाइनखबरसँग कुरा गर्दै पल शाहको आफू ठूलो फ्यान भएको बताएकी थिइन् । तर, सांगीतिक बजारमा चलेको चर्चालाई मान्ने हो भने पल र समिक्षाको निकटता फ्यान र स्टारको मात्र होइन ।

समिक्षाले स्वर दिएका थुप्रै गीतमा पल शाहले अभिनय गरेका छन् । समिक्षा पनि पलसँग नजिक भएर टिकटक बनाउन उत्साहित हुने गर्छिन् । सामाजिक काममा समेत पललाई समिक्षाले साथ दिदै आएकी छिन् ।

वुझिएअनुसार, एक टेलिभिजन कार्यक्रममा पल र समिक्षाको बिषयमा सार्वजनिक हुन लागेको एक रिपोर्ट समेत यी दुईको आग्रहमा रोकिएको थियो । पल र समिक्षा आफूहरुविचको सम्बन्धको गसिप सार्वजनिक नहोस् भन्ने चाहन्छन् । के पल र समिक्षाको सम्बन्ध ‘स्टार र फ्यान’को मात्र हो या त्यो भन्दा पनि माथि छ ? पक्कै पनि यी दुइले चाडै नै मुख खोल्लान् । तर अहिले सामाजिक संजालमा भने यो जोडी प्रेम सम्बन्धमा रहेको भन्दै टिकटक देखि बिभिन्न सामाजिक संजल्हारूमा यिनीहरुको चर्चा भैरहेको छ ।

केहि दिन देखि सामाजिक संजालमा यी दुवैको कुरालाई लिएर चर्चा हुन् थालेपछि गायिका समिक्षा अधिकारीले आफ्ना फ्यानहरुलाई पल र आफु बीचको सम्बन्धको बारेमा खुलाएकी छन् । उनले सामाजिक संजालमा लामो स्टाटस लेख्दै उनले सम्पूर्ण कुरा खुलाएकी छन् ।

उनले लेखेको स्टाटस यस्तो छ :

नमस्कार
मलाई समिक्षा अधिकारी बनाउनु हुने मेरा सम्पुर्ण दर्शक श्रोता ज्युहरुमा हार्दिक नमन गर्दछु। पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्यु सङ्ग जोडेर हुँदै नभएको कपोलकल्पित समाचार हरु आएका छन यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

समाचारमा मेरो र पल जि को सम्बन्ध लाई तो’ड मो’ड गरेर तुच्छ प्रकारका कुराहरु मेडिया मा आएका छन जसले मेरो चरित्र हत्या भएको छ। यसका साथ साथै पल जि को क्यारिअर माथि आच आउने किसिमले सस्तो प्रचार बाजि गरिराको छन। यसो नगर्नुहुन अनुरोध गर्दछु। बिना स्रोत अफबाह मा लेखिएका यी समाचार ले हामिलाई सामाजिक र चारितृक रुपमा निकै नै असर पुराएको छ यस कुरा प्रती म र मेरो परिवार खेद प्रकट गर्दछौ ।

एउटै इण्डसट्रीज मा भएको हिसाबले पल जि ले मलाई अभिभावक को हिसाब ले माया गर्नुहुन्छ जुन माया उहाले आफुसङ्ग जोडिएका सबै सहकर्मी हरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ। मेरो कला र क्षमता लाई माया संरक्षण गर्नुहुन्छ म उहाको सदैव फ्यान पनि हु। र हामिबिच मा कुनै प्रकारको अनैतिक सम्बन्ध नरहएको र हामी केवल साथमा काम गरिरहेको छौ र हजुरहरुको माया रहेसम्म सधै राम्रो काम गरिरहने छौ। राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिता का अग्रज र दिग्गज अभिभावक हरुले पनि यसरी मान हा’नी र च’रित्र ह’ ‘त्या हुने किसिमले लेखिएका समाचार ले निकै दुखी छु। मैले यो अपेक्षा गरेको थिएन ।

म जे छु जहा छु यो सब मेरा भगवान रुपि दर्शक श्रोता को देन हो र हजुरहरुलाई कुनै पनि कुराले निराश गर्न सक्दिन र गर्ने छैन। मेरो बारेमा मेडियामा आएका झुटा समाचार हरु प्रती घोर निन्दा गर्दछु र हजुरहरु यसको पछाडी नलाग्नुहुन हार्दिक अनुरोध गर्दछु। अन्त्यमा सम्पुर्ण पत्रकार ज्युहरु लाई पनि हार्दिक निबेदन गर्न चाहन्छु कसैको व्यक्त्तिगत जिवनमा आच आउने मान हानी तथा च’रित्र हि’न हुने किसिमको समाचार नबनाउनु होला। सबैलाई धेरै धेरै माया धन्यबाद।🙏

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent