लोकेन साँवाको निर्देशनमा पुर्बेली लोक गीत पुजाको भन्नु सार्वजनिक

हालका चर्चित निर्देशक लोकेन साँबा लिम्बूको छायाँकन तथा निर्देशनमा पुर्वेली लोकभाकामा आधारित पुजाको भन्नु बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

उक्त भिडियोमा उपासना नेम्बाङ, ओम कुरुम्बाङ, दिवस पयाङगु, निर्मल सुव्वा(आशिस), प्रेसा वनेम र पुजा लामाको अभिनय रहेको छ | भिडियो युमा आर्टस् युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

खगेन्द्र कुमार लिम्बूको शव्द तथा संगीतमा रहेकोको गीतमा खगेन्द्र यक्सो, सुस्मा लिम्बू लिबाङ, ओम कुरुम्बाङ र दीपा सुहाङको सुमधुर स्वर रहेको छ ।

टेकेन्द्र यक्सोको संगीत संयोजनमा घटिका पयाङगु र लक्षमण चोङबाङको पालाम साम्लो समेत रहेको गीतको भिडियोमा समर लामाको मेकअप तथा सिक्वेन्स फेसन हाउस, माङगेन्ना ढाका पसलको पहिरन रहेको छ ।

एल्वम ‘मेरो रहर’ मा समावेश गरिएको भिडियोलाई ओम कुरुम्बाङले निर्माण गरेका हुन् भने सम्पादन बिकास दहालले गरेका हुन्

भिडीयो हेर्नुहोस !!

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent