कांग्रेस सभापतिको दोस्रो चरणको चुनाव : देउवा कुर्सीमा, शेखर सिंढीमा बसेर भोट माग्दै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति चयनका लागि आज (मंगलबार) दोस्रो चरणको मतदान चलिरहेको छ । राष्ट्रिय सभागृहमा मतदान भइरहँदा सभापति पदका प्रत्यासी शेरबहादुर देउवा र शेखर कोइराला महाधिवेशन प्रतिनिधिसँग मत माग्न व्यस्त छन् ।

देउवा आफू पक्षीय नेताहरुका साथमा कुर्सीमा बसेर महाधिवेशन प्रतिनिधिसँग भोट मागिरहेका छन् । शेखर कोइराला पनि आफू पक्षका नेताहरुका साथ अलि अग्लो सिंढीमा बसेर भोट मागिरहेका छन् । यसअघि सोमबार भएको मतदानपछिको मत गणनामा सभापतिका पाँच उम्मेदवारमध्ये कसैको पनि बहुमत नआएपछि आज फेरि मतदान भएको हो । दोस्रो चरणको चुनावमा पहिलो चरणमा चुनावी दौडबाट बाहिरिएका तीनै उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरेका छन् ।

पहिलो चरणमा सभापति चयनका लागि सोमबार भएको मतदानमा ७६ मत बदर भएको थियो । निर्वाचन समितिका अनुसार खसेको ४६७९ मध्ये ७६ मत बदर भएको हो । समितिका अनुसार सभापतिका उम्मेदवार शेरबहादुर देउवाले २२५८ मत ल्याए भने शेखर कोइरालाले १७०२, विमलेन्द्र निधिले २५०, प्रकाशमान सिंहले ३७१ र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए । काँग्रेसमा ४ हजार ७४३ मतदाता रहेका छन् ।प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent