कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको जोडी

१ पुस, काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् ।

गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए । ४६८२ मत खसेकोमा थापाले ३०२३ मत ल्याउादा विश्वप्रकाशले १९८४ मत पाएका छन् ।

शेरबहादुर देउवाको प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दिएका थिए । देउवा दोस्रो चरणबाट सभापतिमा चुनिादा महत र पौडेल दुबै महामन्त्रीमा पराजित भए । महतले १५५६ र पौडेलले १३९३ मत पाएका छन् ।

शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका मिनेन्द्र रिजालले ८०९ मात्र मत पाए । प्रारम्भीक मत परिणामसागै आफ्नो हार स्वीकार गरेका उनले रक्षामन्त्रीबाट समेत राजीनामा दिएका छन् ।

विमलेन्द्र निधिको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका राजाराम कार्कीले १०६ मत पाएका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार