सुरज मादेन लिम्बुको स्वरमा चार आनी माया बोलको गीतको भिडियो सार्वजनिक

गायक सुरज मादेन लिम्बुको स्वरमा चार आनी माया बोलको गीतको भिडियो सार्वजनिक भएको छ् | राज हाङ आङबोको शब्द रहेको यो गीत अहिले चर्चामा छ | सबैको जन जिब्रोमा सजिलै उच्चारण हुने शब्द र लोक लयमा आधारित भाका भएकोले पनि गीत दिन प्रतिदिन लोकप्रिय हुदै छ |

करिब डेढ् दर्जन नेपाली गीत रेकर्ड गराइसके पश्चात् थोरै खुशि ब्यक्त गर्ने राजहाङ्ले नेपाली साहित्यमा पनि दौंतरी सुब्बा नाम लिएर धेरै सँघर्ष गरेका थिए। फेरि कहिले भेट भएन(२0५0), रित्तिएको शिउँदो(२0५२) लघु-उपन्यास, आगेजुङ्(सा०अर्ध बार्षिक) संपादन र कैयौं फूटकर कविता विभिन्न पत्र-पत्रिकामा प्रकाशन गराइ सकेका हुन्।
नेपाली साहित्यमा राम्रो संग जमिरहेको बेला नै नाम परिवर्तन गरि २0७0 देखि गीत-संगितमा प्रवेश गरेका राजहाङको योजना भने आफ्नो उपन्यास संपादन गरि दोश्रो प्रकशन गर्ने, गीत-संगितलाई निरंतरता दिने र आफ्ना केही गीतहरूमा आफै निर्देशन गर्ने बताउँछन्।


पाथिभरा च्यानलबाट मेरो गीत-रचना सार्वजनिक भए पछि अलिकति खुशि र संतुष्टि छु भनेर बताउने राजहाङ्द्वारा लिखित ४ आनी माया उहिल्यै प्रयोग गरिने शब्दहरू संकलन गरि लेखिएको हो।यस्मा स्वर/संगित सुरज मादेन लिम्बू,कोरस आवाज दिपा सुहाङ+सिर्जना जबेगू,एरेंज दिनेश श्रेष्ठ,छायांकन निर्मल सुब्बा र संपादन राजेन्द्र श्रेष्ठको रहेको छ। उक्त भिडियो PATHIBHRARA CHANNEL युटुब मार्फत सार्वजनिक भएको हो |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार