आज लिम्बूहरुको चासोक तङनामपर्व मनाउदै

पूर्वी नेपालमा बसोबास गर्दै आएका लिम्बू समुदायको आफ्नै संस्कृति छ । यी समुदायलाई प्रकृतिका पुजारीको रुपमा पनि लिइन्छ । उनीहका आफ्नै मौलिक पर्व छन् । यी पर्वमध्ये चासोक तङनाम अर्थात् (न्वागीपूजा) पनि एक हो ।

लिम्बू समुदायले अन्नबाली लगाउँदा याक्वा गरी अर्थात प्रकृतिसँग अनुमति मागेर अन्नबाली लगाउँछन् । लगाएको अन्नबाली पाकेपछि सबैभन्दा पहिले प्रकृतिलाई चढाइन्छ । त्यसैलाई न्वागीपूजा भनिएको हो ।

यो पर्व विशेष गरी तेह्रथुमलगायत पूर्वका विभिन्न जिल्लामा मनाउने गरिन्छ । पछिल्लो समय यस पर्वलाई सामूहिक रुपमा सुख र दु:ख बाँड्ने पर्वको रुपमा समेत मनाउन थालिएको छ । पर्वको अवसरमा लिम्बू समुदायको च्याब्रुङ नाच प्रदर्शन तथा छेलो र धनुकाँड हान्नेलगायतका लोपोन्मुख खेलसमेत सञ्चालन गरिन्छ । तागेरा निङवाफुमाङलाई अन्नबाली चढाएर गरिने अनुष्ठान नै चासोक भएको लिम्बु समुदायका अभियन्ता दिल पाक्साँवा बताउँछन् ।

पूर्वी नेपाललगायत देशभित्र र बाहिर रहेका लिम्बुहरुले चासोक तङनामलाई हर्ष उल्लासका साथ मनाउन थालेका छन् । याे पर्वकाे अवसरमा सरकारले स्थानीय बिदा दिएको छ । पर्वहरुले सबै नागरिकहरुलाई एउटै मालामा उन्न प्रेरित गराउन सक्ने छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाल बताउँछन् । जन आस्था बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent