सँगम लिम्बुको निङसाङ पोक्लछ एफ एल एफ अवार्ड २०७८ मा उत्कृस्ट ६ बिधामा मनोनयन

गायक सँगम लिम्बुको लिम्बु भाषाको गीत निङसाङ पोक्लछ F.l.f.अवाड २०७८ मा उत्कृस्ट गायन,सङ्गीत ,गीतकार,म्युजिक भिडियो निर्देशन,छायांकन र मोडल गरि जम्मा ६ वटा बिधामाको मनोनयनमा पर्न सफल भएको छ |F.l.f.अवाड २०७८मा उत्कृस्ट विधामा परेका श्रस्टाहरु लाइ मावोबादी केन्द्र संसदीय दलको प्रमुख सचेतक देव गुरुङले प्रमाण पत्र प्रदान गर्नुभएको थियो |म्युजिक भिडीयोमा रोजगारीको निम्ति बिदेशिन बाध्य बिदेशिन बाध्य युवाको कथा लाई अत्यन्तै मार्मिक तरिकाले प्रस्तृत गरिएको छ | बिदेशमा रहंदा आफ्नो गाउँ घर र परिवारको यादले कति सताउछ र आवश्यकता महशुस हुन्छ भन्ने कुरा भिडीयोमा देखाउन खोजिएको छ |

गीत संगै बिदेशमा बस्ने नेपालीहरु संग पनि भावनात्मक सम्बन्ध जोडन गायक संगम लिम्बु सफल भएका छन् | गायक संगमको अनुसार आफुले गाएको गीतमेरो र म्युजिक भिडीयोले F.l.f.अवाड २०७८मा उत्कृस्ट ६ मा पर्नु भनेको मैले सांगीतिक यात्रामा गरेको संघर्ष र मिहेनेताको सम्मान हो |

सागर सुब्बा दारा निर्दशन गरिएको म्युजिक भिडीयो मा इशिका लिम्बु बिशाल सेनेहाङ संगम लिम्बु गोपिमाया थुलुङ लिम्बु र दिनेश माङमुको मुख्य भूमिका रहेको छ | संगम सुब्बा को प्रस्तुतिमा निर्माण भएको भिडीयोमा छायांकन मुकेश हुमागाई ड्रोन सुरज लामा सम्पादन अनिल राना र कोरियोग्राफी दिनेश माङमुको रहेकोछ भने मेकअप कविता टोलीङ निमार्ण नियन्त्रक राजेश मगरले गरेका हुन् |

गायक सँगम लिम्बुको लिम्बुले आगामी दिनमा पनि लिम्बु गीत गायन लाइ निरन्तरता दिने प्रतिबद्धता जनाउदै सबैको साथ् र सहयोगको अपेक्षा गरेका छन् |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार