
pathibhara channal बाट सार्वजनिक भएको पुर्वेली भाकाको गीत सफल भए पछि राज हाङ्का गीतहरू लगातार सार्जनिक भइरहेका छन्। यस मध्ये dipsan limbu official च्यानलबाट सार्वजनिक भएको ‘सेल्फी खिचौं न’ बोलको गीत अत्यधिक श्रोताले मन पराएका छन्।पुरानो लोक सँस्कारलाई समातेर अहिलेको जमानामा उभिएर लेखिएको पुर्वेली भाकाको गीत VON-Kids बाट नेपाली सांगितिक जगतमा जन्मेकि अहिलेको चर्चित र लोकपृय गायिका रुक्साना लिम्बुको आवाजमा रहेको छ।
यस्लाई गायक/संगितकार दीपसन लिम्बू आङबोले संगित संयोजन गर्नु भएको हो भने मनोज साङशोन राई एरेंज, सुरेश राई रेकर्डिस्ट, राजु कार्की मिक्स् मास्टर्ड र छायांकन/संपादनमा सनम तामाङ रहनु भएको यो गीत studio king मा रेकर्ड गरिएको हो। लीलावादी कविता लेख्ने सर्जक भनिएको राज हाङ् जब नेपालको राजनितिक अवस्था(२0५८) अस्तब्यस्त भए यता कविता लेखनमा पछि रहेर पनि गीत लेखन र गीत संपादनमा ब्यस्त छन्।
एउटा लिम्बू पालाम, लिम्बुवानी गीत र मध्य पश्चिमे लोक दोहोरी गीत लेखिरहेको बताउने राज हाङ्ले भने जस्तो गीत अझै श्रोतालाई दिन नसकेको तर प्रयास गरिरहेको जानकारी गराए।सेल्फी खिचौंनको लागि पुष्पाञ्जली लिम्बू, रेखा लाउती र रोदा राईलाई विशेष: धन्यवाद प्रदान गर्दै रुक्साना लिम्बूको स्वरमा रहेको सेल्फी खिचौंन बोलको गीतमा आफ्नै छोरीलाई मोड्लिङ् गराउने भनेर सार्वजिक गरेका छन्।



