
काठमाडौ । गीतकार विष्णु इङ्नाम लिम्बुको लिम्बु भाषाको गीत ‘मुकुमलुङ माङे’ बोलको गीतको भिडीयो सार्वजनिक भएको छ । विष्णु लिम्बु युटुब च्यानलबाट सार्वजनिक भएको गीतलाई गायिका मिलन नेवारले स्वर दिएकी छिन भने उत्तमजंग लिम्बुले संगीत गरेका छन् ।

यस गीतको भिडियोमा लक्ष्मी योङहाङ लिम्बु र तान्छोहाङ लिम्बुको अभिनय रहेको छ । लिम्बु भाषाको गीतमा लक्ष्मी र तान्छोहाङलाई प्रेमिल जोडीका रुपमा भिडियोमा प्रस्तुत गरिएको छ । गीतको भाव अनुसार उनीहरुको अभिनय जमेको देखिन्छ । निर्मल सुब्बाले छायांकन गरेका भिडियोलाई पर्शु थलङले सम्पादन गरेका छन् । झरना लिम्बुको मेकअप रहेको छ ।
भिडीयो हेर्नुहोस !!



