कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

सुनिता थेगिम र सँगम लिम्बुको ‘डार्लिङ नभन’ लोकप्रिय भए संगै तहल्का मच्चाउदै

गायिका सुनिता थेगिम र सँगम लिम्बुको आवाजाममा डार्लिङ नभन बोलको युगल गीत सार्वजनिक संगै दिनप्रतिदिन लोकप्रिय हुदै गैरहेको छ | लोकपप शैलीको भाका लाई संगीत साथै प्रस्तुतीकरण साथै एरेन्ज संयोजनले केहि नयापन थपेको महशुस गर्न सकिन्छ |Sangam Limbu युटुब च्यानल मार्फत सार्वजनिक गरिएको डार्लिङ नभन रोमान्टिक लोकपप गीत निर्माण शैलीको हिसाबले मध्यनजर गर्ने हो भने बिशेष गरि नयाँ पुस्ता लाई भनेर तयार पारेको देखिन्छ |

यद्यपि शब्द संगीतको आधारमा भने सबै उमेरका श्रोता तथा दर्शकहरुले मन पराउने देखिन्छ | गायक गायिकाले आफ्नै भाषा, पन र मौलिकता नै प्यारो लाग्ने कुरा एक अर्कालाई बताएका छन् | सबै प्रकारको विधामा गीत गाउनु उतिकै शिपालु गायिका सुनिताले आफ्ना अघिल्ला प्रस्तुति भन्दा केहि पृथकता दिने प्रयास गरेकी छिन |

बिशेष गरि लोकपप संगीत सृजना गर्न माहिर संगम लिम्बुले यस गीतमा केहि फरक दिने प्रयास गरेको छर्लङ्ग हुन्छ | डार्लिङ नभन रोमान्टिक सृजनात्मक गीत हरेक दृष्टिले उत्कृस्ट भएर नै छोटो समयमा नै श्रोता तथा दर्शकहरुले असाध्यै मन पराउनु भएको कुरा युटुबको भिवर्स र कमेन्ट बाट थाहा पाउन सकिन्छ |नेपालि सांगीतिक क्षेत्रमा व्यस्त र सफल एरेन्जर को रुपमा परिचित राजु कार्कीले एरेन्ज गरेको यो गीत स्टुडियो किङमा रेकर्ड गरिएको हो |

डार्लिङ नभन बोलको गीतमा गायक संगम लिम्बुले यस अघि उहाँले गाउनु भएको अन्य गीतमा भन्दा आवाजमा अझ निखार संगै फरकपन पाउन सकिन्छ | यो गीत सुन्दा थाहा पाउन सकिन्छ संगमको मिहेनत लगनशीलतार स्वरको दुनियामा उहाको उचाई उक्त गीतको स्टुडियो भिडियो पाथीभरा च्यानलमा पोस्ट प्रोडक्सन भएको हो |यस कर्णप्रिय गीको शब्द स्वयम् संगम लिम्बुको नै रहेको छ |

डार्लिङ नभन बोलको गीत नेपालि संगीत जगतको एउटा दस्तावेज हो भन्दा फरक नहोला |यस्ता प्रकारको गीतको नेपालि सांगीतिक आकाशमा अनन्त सम्म पहिचान र अस्तित्व रहने छ | डार्लिङ नभन बोलको गीत लाई गायक संगम लिम्बुले नयाँ बर्ष २०७९ को शुभ अवसरमा देश तथा बिदेशमा बस्नुहुने सम्पुर्ण नेपालीमा समर्पित गर्नुभएको छ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार