परिणाम देखिने गरी चुनावमा होमिन प्रचण्डको निर्देशन

काठमाडौं ।  यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट तथा सत्ता गठबन्धनका दलबीच तालमेललगायत विषयमा छलफल गर्न शुक्रबार बिहान सत्तारुढ नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयका विस्तारित बैठक बसेको छ ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास (खुमलटार) मा आयोजित बैठक केही बेरअघि सकिएको छ ।  बैठकमा देशभरको अवस्थाबारे रिपोर्टिङ भयो भने अध्यक्ष प्रचण्डले चुनावी तालमेलबारे बिफ्रिङ गरेको एक नेताले जानकारी दिए । भरतपुलगायत स्थानमा के कसरी अगाडि बढ्ने भन्ने विषयमा  पनि छलफल भएको उनले बताए ।

बैठकमा प्रचण्डले सबै पार्टी पंत्तिलाई एकतावद्ध बनाएर चुनावमा केन्द्रीत हुन निर्देशन दिएका छन् । ‘हामी पूर्व स्थायी नेताहरु खुमलटारमा बसेका थियौ । स्थानीय चुनावमा सत्ता गठबन्धनमा भएको तालमेलका विषयमा बिफ्रिङ गराउनुभयो । सबै पार्टी पंत्तिलाई एकतावद्ध भएर चुनावमा केन्द्रीत गर्ने भन्ने छ’ पूर्व स्थायी समिति सदस्य गणेश साहले भने, ‘परिणाम देखिने गरी चुनावमा केन्द्रीय हुने भनिएको छ ।’ यदि सत्ता गठबन्धनभित्र चुनावी तालमेल नभए एमालेसँग नगर्न निर्देशन दिएको छ ।

स्थानीय चुनाव नजिकिएसँगै पार्टी प्रवेशको लहर आएकाले त्यसलाई व्यवस्थित गर्ने विषयमा समेत छलफल भएको छ । ‘अहिले पार्टी प्रवेशको लहर नै चलेको छ । ती सबैको राजनीतिक पृष्ठभूमि र योगदानलाई केलाएर उचित भूमिका दिने विषयमा छलफल भयो’ साहले भने, ‘नव प्रवेशीलाई चुनावमा टिकट दिँदा प्रभाव के कस्तो छ भन्ने विषयमा समेत अध्ययन गर्ने भनिएको छ ।’ नव प्रवेशीलाई पार्टीले उचित जिम्मेवारी दिएमा थप संख्या बढ्ने साहले बताए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार