भुवन केसी र श्वेता खड्का कांग्रेसमा प्रवेश

 नेपाली सिने जगतका दुई कलाकार आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का आज कांग्रेसमा प्रवेश गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच केसी र खड्कालाई प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका हुन् ।

कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि उनीहरुसँगै कांग्रेस प्रवेश गरेका छन् । उनीहरुलाई अभिनेता नीर शाहले कांग्रेस प्रवेश गराउन सहयोग गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent