मोदीको लुम्बिनी भ्रमणको कार्यतालिका सार्वजनिक

काठमाडौं, २९ बैशाख । परराष्ट्र मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको कार्यतालिका सार्वजनिक गरेको छ । मोदी आगामी सोमबार लुम्बिनी आउने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी बुद्ध जयन्तीका अवसरमा लुम्बिनी आउन लागेका हुन्।

लुम्बिनीमा मोदी र देउवाले मायादेवी मन्दिरमा संयुक्त पूजाअर्चना गर्ने पनि जनाईएको । मोदीले बिहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्नेछन्। त्यसलगत्तै परराष्ट्र मन्त्री डा. नारायण खड्काले मोदीसँग शिष्टाचार भेट गर्ने जनाईएको छ । प्रधानमन्त्री देउवा र मोदीबीच दुई पक्षीय औपचारिक वार्ता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री देउवाले मोदी र भारतीय प्रतिनिधि मण्डलको सम्मानमा दिवाभोजको पनि आयोजना गरेका छन् ।

प्रधानमन्त्रीका रूपमा मोदीको यो पाँचौं नेपाल भ्रमण हो । उनी प्रधानमन्त्रीको रुपमा पहिलोपटक सन् २०१४ मा नेपाल आएका थिए । लुम्बिनीमा भने भ्रमण गर्ने मोदी पहिलो भारती प्रधामन्त्री हुनेछन् । उनी सोही दिन भारत फर्किने पनि जनाईएको छ । अहिले लुम्बिनीको सुरक्षा अवस्था मजबुद बनाईएको छ । हिजो (बुधबार) मात्रै भारतीय वायु सेवाको जहाज लुम्बिनी अवतरण भैसकेको छ। उक्त विमानमा भारतीय सुरक्षा अधिकारीहरू आएका थिए ।

उता, भारतीय विदेश मन्त्रालयले पनि मोदीको नेपाल भ्रमणबारे कार्यतालिका सार्वजनिक गरेको छ । नेपाल र भारत दुवै देशका विदेश मन्त्रालयबाट मोदीको लुम्बिनी भ्रमणको बारेमा औपचारिक वक्तव्य सार्वजनिक गरिएको हो ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार