मोरङकी ११३ वर्षीया अधिकारीद्वारा मतदान

मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले  मतदान गरेकी छन्।

अधिकारीले पञ्चायत माविमा रहेको मतदानमा मतदान गरेको निर्वाचन अधिकृत माधव भण्डारीले जानकारी दिए। अधिकारीले परिवारका सदस्यको सहयोगमा मतदानस्थल पुगी मतदान गरेकी हुन्।

उक्त नगरमा मतदानकार्य शान्तिपूर्वक वातावरणमा सञ्चालन भइरहेको भण्डारीले बताए।

नगरमा ७१ हजार ७५६ मतदाता रहेका छन्।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार