बालेन र हर्क गणतन्त्रको फूलबारीमा फक्रिएका विशिष्ट फूल हुन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ  महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई गणतन्त्रको फूलबारीका विशिष्ट फूल भएको बताएका छन्।

सरकारको नीति तथा कार्यक्रममाथि शनिबार प्रतिनिधिसभा बैठकमा टिप्पणी गर्दै उनले बालेन र हर्कको विजयलाई आफूले संघीय गणतान्त्रिक लोकतन्त्रको फूलबारीभित्र दुई वटा फूलहरु फक्रिएको ठानेको बताए।

उनीहरुलाई संविधान र संघीय गणतन्त्रको सीमाभित्र बसेर राजनीतिक दलहरुसँगको सहकार्यमा मतदाताबीच आफूहरुले गरेका बाचा पूरा गर्न प्रचण्डले सुझाए।

‘काठमाडौँ र धरानमा दुई युवा उम्मेदवार विशिष्ट रुपमा आए– संघीय लोकतन्त्रको फूलबारीभित्र। म यसलाई काठमाडौँ र धरानमा दुई वटा फूलहरु फक्रिएको ठान्छु’, प्रचण्डले भने, ‘यही संविधानकै फूलबारीभित्र।’

उनले बालेन र हर्कको जितलाई राजनीतिक दलले आफ्नो रुपान्तरण र आत्मसीक्षाको अवसरका रुपमा ग्रहण गर्न सक्नुपर्नेमा जोड दिए।

प्रचण्डले स्वतन्त्र उम्मेदवारप्रति मतदाता आकर्षित हुनुले राजनीतिक दलहरुले आफ्ना नीतिहरुमा पुनर्विचार र आत्मसमीक्षा गर्नुपर्ने, उम्मेदवार छनोटमा त्रुटि सच्याउनुपर्ने देखिएको उल्लेख गरे। र, बालेन र हर्कको जितले राजनीतिक दलहरूलाई चुनौती थपेको बताए।

‘यो राजनीतिक दलहरुलाई पक्कै पनि चुनौती हो। काठमाडौँ र धरानका जनताले समग्रमा प्रश्न खडा गरेकै हो। हामीलाई आफ्ना कमजोरी सच्याउन अवरस पनि हो। चुनौती पनि हो’, प्रचण्डले भने, ‘दुवै मेरयलाई बधाई र धन्यवाद।’

उनले बालेन र हर्कलाई संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानअन्तर्गत जनातका भावना र आवश्यकता सम्बोधन गर्ने र रानजीतिक दलहरुसँग समदुरीको सम्बन्धसहित सबैको सहयोग जुटाएर मतदाताबीच व्यक्त गरेका प्रतिबद्धता पुरा गर्न सुझाव उनले दिए।

बालेन र हर्क साम्पाङलाई इतिहासको खास कालखण्डमा देखिएका पात्रको संज्ञा दिँदै असफल पार्न विभिन्न शक्तिकेन्द्रले घेराबन्दी गर्न सक्नेतर्फ प्रचण्डले सचेत गराए।

‘इतिहासको खास कालखण्डमा उदाएका विशिष्ट पात्रहरुलाई असफाल गर्न विभिन्न शक्तिकेन्द्रहरुले घेराबन्दी गर्न सक्छन्’, उनले भने, काठमाडौँ र धरानका मेयरले घेराबन्दी तोडेर जनाताका पक्षमा लाग्दा राजनीतिक दललाई पनि सुध्रिने प्रेरण मिल्छ। नेपाल खबर

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent