घट्यो गाडीभाडा, कहाँको कति ? (सूचीसहित) 

सार्वजनिक यातायातको भाडा घटेको छ । यातायात व्यवस्था विभागले आजदेखि लागू हुने गरी दुई वा सोभन्दा बढी प्रदेश भई (राष्ट्रियस्तरका रुट)मा सञ्चालन हुने सार्वजनिक यातायातको भाडा घटाएको हो । 

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रूपमा अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्थाबमोजिम भाडा समायोजन गरिएको विभागले जनाएको छ । 

१९ जेठ २०७९ मा डिजेलको मूल्य प्रतिलिटर १ सय ६३ बाट १० रुपैयाँ घटी  १५३ कायम भएको र सो मूल्य पछिल्लो समायोजनमा आधार लिइएको मूल्यभन्दा ६.१३ प्रतिशत घटी भएको हुँदा २० जेठ २०७९ देखि लागू हुने गरी स्वचालित प्रणालीअनुसार भाडा समायोजन गरिएको विभागले जनाएको छ । 

समायोजन पछि यात्रुवाहक सवारीसाधनमा २ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा २.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा २.९ प्रतिशत भाडा घटेको हो । 

भाडा वैज्ञानिक प्रणालीअनुसार घटेकाले व्यवसायीहरूलाई गुनासो नभएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका वरिष्ठ उपाध्यक्षसरोज सिटौलाले बताए । 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार