सुमन लिम्बु र निरन्ता नेम्बाङको ‘मिम्जीक्क यम्बा’को भिडियो सार्वजनिक

काठमाडौं – सुमन लिम्बू र निरन्ता नेम्बाङको स्वरमा रहेको लिम्बु सस्कृति मुलक पालाम ‘मिम्जीक्क यम्बा’ को भिडीयो सार्वजनिक भएको छ ।

यासेली योङहाङको शब्द लय संकलन भीम लिम्बूको रहेकोछ । एरेन्ज मनोज साङसोन राई, मिक्सिङ र मास्टरिङ राजु कार्कीको रहेको छ ।

मिम्जीक्क यम्बा’ को भिडियो मार्फत निकै आशा गरिएको प्रतिभाशाली मोडल बिनोद लिम्बूले डेब्यु गरेका छन | लिम्बु समुदाय र लिम्बु सस्कार सस्कृतिको उत्थान र प्रचार प्रसारको निम्ति बिशेष योगदाङ दिएर आगाडी बढने मोडल विनोदले पाथिभरा च्यानल लाई बताउनु भयो |

लोकेन सावाँले निर्देशन गरेको भिडियोमा बिनोद लिम्बू ,लक्ष्मी योङहाङको अभिनय रहेको छ । मिम्जीक्क यम्बा’ पालामको अडियो र भिडियो संयोजन निर्मल सुब्बा ले गर्नु भएको हो | यस गीतमा लिम्बू जातीमा पालाम कसरी उत्पत्ति भयो भन्ने बारे चर्चा गरिएको छ । सेवालुङ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस !!

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार