लिम्बु भाषाको चलचित्र ‘रीत’को छायाँकन सम्पन

लिम्बू भाषाको कथानक चलचित्र ‘रीत’को छायाँकन सम्पन्न भएको छ । काठमाडौंको रातोपुलस्थित रकहाउस क्याफेमा शनिबार ‘इण्डक्ल्याप’ कार्यक्रमको आयोजना गरीएको हो

फाल्गुनन्द लिङ्देन फिल्म्स प्रालिको ब्यानरमा दिनेश लिङ्देनले निर्देशन गरेको ‘रीत’को कथा सागर केरुङले लेखेका हुन् ।

ताप्लेजुङको सिनाम, पाँचथरको विभिन्न स्थान र काठमाडौंमा छायाँकन गरिएको चलचित्रमा लक्ष्मी योङ्हाङ, बिमला खजुम, तान्छोहाङ इङ्नाम, सागर केरुङ, यासेली योङ्हाङ, प्रभु कुरुम्बाङ, दिनेश माङ्मु, राजु घिमिरे, तेज मेन्याङ्बो, सोनु थोक्लिहाङ, भिम थेबे, पुर्ण सेलिङ, नितु नेम्बाङ, एन्जिला नेम्बाङ, रत्ना लिङ्देन, नन्दु तुम्बापो लगायतको अभिनय छ ।

यस्तै चलचित्रमा छायाँकन सुमन योन्जन, नृत्य निर्देशन दिनेश माङ्मु, गीत यासेली योङहाङ, हर्कमान संगीत अशोक लोहरुङ, मान तबेबुङको रहेको छ भने स्वर सुसन साम्सुहाङ र श्रेयासी चेम्जोङको रहेको छ । यो चलचित्रलाई आगामी वलिहाङ तङ्नाम तिहारमा सार्वजनिक प्रदर्शन ल्याइने निर्माणपक्षले जानकारी गराएको छ । चलचित्रमा होमितकुमार लावती, आशा नेम्बाङ र विष्णुकुमार इङ्नाम निर्माता रहेका छन् ।

वरिष्ठ निर्देशक तथा चलचित्रकर्मी अशोक शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुर्वमेजर जर्णेल होमितकुमार लावती, किरात याक्थुङ चुम्लुङ संघीय सचिव यासेली योङ्हाङ, याक्थुङ मुन्च इत चोक सयङ लिम्बुवान प्रदेश समितिका अध्यक्ष भुपेन्द्र तुम्बाहाङ्फे, हाक्पारे पालाम सयङका अध्यक्ष रुपा आङ्बुहाङ, चलचित्र निर्देशक सागर सुब्बा, हाङ चेम्जोङ, लोकेन सांवा लगायतले शुभकामना मन्तव्य राखेका थिए । मिलाप

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार