प्रचण्डको घरमा राजेश हमाल

नायक राजेश हमाल आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास पुगेका छन् । ललितपुरको खुमलटारस्थित निवास पुगेर हमालले अध्यक्ष दाहालसँग भेटवार्ता गरेका हुन् ।

हमाल खुमलटार जानुलाई धेरै जनाले धेरै थरि आशंक गरे पनि रिक्त चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्ती को प्रक्रिया अघि बढाइएको सन्दर्भमा भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।

बोर्डको अध्यक्षको निम्ति अभिनेता भुवन केसी, निर्देशक सम्झना उप्रेती, सुचित्रा श्रेष्ठलगायतले राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन् । आजको भेटको चाँजोपाँजो संगितकार चेतन सापकोटाले मिलाएको स्रोतको दाबी छ । जन आस्था

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार