सुमन लिम्बू र रानी चोङबाङको स्वरमा पालाम ‘मिङलारे’ सार्वजनिक (भिडियो सहित)

के साङला जस्तो चर्चित र सफल लिम्बु भाषाको चलचित्र निर्देशन गरेर चर्चामा आएका निर्देशक लोकेन साँवा लिम्बूको निर्देशनमा नेपाली लिम्बू भाषामा पालाम ‘मिङलारे’ को भिडियो सार्वजनिक भएको छ ।

नेम खापुङ लिम्बूको शव्द संकलन तथा गायीका रानी चोङबाङको लिम्बूको लय संकलनमा रानी चोङबाङ लिम्बू र सुमन लिम्बूको सुमधुर आवाजमा सजिएको पालाम‘मिङलारे’ को भिडियो स्टुडियो वान नेपाल अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

गायीका निरन्ता नेम्बाङ लिम्बू र गायक दिवस पयाङगु लिम्बूको समेत आवाज रहेको पालाममा रानी चोङबाङ लिम्बू, सुमन लिम्बू, निरन्ता नेम्बाङ लिम्बू र गायक दिवस पयाङगु लिम्बूको अभिनय रहेको छ ।

सञ्जु थलङ लिम्बूको सृङगार, अरुण बरुण न्योपानेको छायाँकन रहेको पालामको सम्पादन अनिल रानाले सम्पादन गरेका हुन् ।

अशोक लोहोरुङ राईको संगीत संयोजनमा किङग् स्टुडियोमा रेकर्ड गरिएको पालामलाई सुरेस राईले रेकर्ड गरेका हुन् ।

भिडियो हेर्नुहोस् !!

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार