मेलिना राई र उदय नेम्वाङको स्वरमा चलचित्र तलासको गीत सार्वजनिक

फाल्गुनन्द लिङदेन फिल्मस् प्रा.लि.द्वारा निर्माण भएको चलचित्र तलासको दोस्रो गीत रिलिज भएकोछ । मेलिना राई र उदय नेम्वाङको स्वर रहेको उक्त युगल गितमा नायक दावा मिङमार शेर्पा र नायिका बिमला खजुम लिम्बु रहेकाछन् ।

पैसा र पावरको भरमा समाजमा देखिएको एकाधिकार हैकम आदिको अनिवार्य अन्त्य गर्ने कथा बोकेको चलचित्र तलाशको अन्य कलाकारहरुमा राजकुमार लिङ्देन, सोम लामा, एलिना बाँस्कोटा, अन्जिता नेम्वाङ, दिलिप ठकुरी, सागर केरुङ, हस्त लिबाङ, कल्याण राई, मुकेश कालिकोटे, अजय खडका, बिमल ढुङ्गेल, बिक्रम धिमाल, मेख बहादुर मगर आदि रहेकाछन् । चलचित्रमा नृत्य निर्देशक दिनेश माङ्मु, संगित रोशन बान्तावा राई, द्वन्द्ध पुन्य ओझा, छायांकन बिक्रम डि.सि.ले गरेकाछन् भने कथा दिनेश लिङदेनको रहेकोछ ।

कबिता राई लिङ्देनको प्रस्तुति गजमति सम्वाहम्फे र दिपक नेपाली निर्माता रहेको तलाशलाई हस्त लिबाङ र दिनेश लिङ्देनले निदेर्शन गरेकाछन् । चलचित्रलाई माघको तेस्रो हप्तामा प्रदर्शन गर्ने तयारी छ ।

भिडियो हेर्नुहोस !!

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent