
सँगम लिम्बु आफ्नो प्रत्येक गीतहरुमा नयाँ पन र नयाँ क्रियशन सहित गाएर दर्शक तथा श्रोताहरुको मन जित्ने अहिलेका चर्चित कलाकारमध्ये एक हुन् |गायक, रचनाकार, संगीतकार,मोडल कलाकारको भूमिका निभाएर उनले आफ्नो बहुमुखी प्रतिभा देखाइसकेका छन् । यसै क्रममा तारा प्रकाश लिम्बुको संगीतमा निक्कै आशा गरिएकी गायिका कौशिला लिम्बु संग युगल पप गीत आखुम आखुम को हालै अकस्टिक रेकर्डिङ स्टुडियोमा रेकर्ड सम्पन भएको छ |

रमाइलो प्रेम कथामा आधारित आखुम आखुम शब्द संगीत र लयको आधारमा सबै उमेरका श्रोता तथा दर्शकहरुले मन पराउने देखिन्छ | बिशेष गरि लोकपप गायन मा माहिर संगम लिम्बुले यस गीतमा केहि फरक दिने प्रयास गरेको छर्लङ्ग हुन्छ | गायक संगम लिम्बु कै शब्द रहेको यो गीत सुन्दा थाहा पाउन सकिन्छ संगम लिम्बु र कौशिला लिम्बुको को मिहेनत लगनशीलतार स्वरको दुनियामा उहाहरुको उचाई | गायक संगम लिम्बु र सुनिता थेगिमको आवाज रहेको डार्लिङ नभन बोलको गीत अहिले चर्चामा रहेर सबैको मन जीतिरहेको छ | आखुम आखुम बोलको गीत र म्युजिक भिडियो औपचारिक कार्यक्रम गरेर सार्वजनिक गरिने गायक सँगम लिम्बुले बताउनुभयो