किशोर सुब्बाको निर्देशन रहेको आखेन नुमा तरेमे बोलको गीतको भिडीयो लोकप्रिय बन्दै

अमेरिकामा रहेर ब्यस्तताको बिच पनि बिभिन्न कृयटिभ काम गर्दै आउनु भएका सफल चलचित्र निर्देशक किशोर सुब्बाको निर्देशनमा आखेन नुमा तरेमे बोलको गीतको भिडीयो निर्देशन गर्नुभएको छ | उक्त गीत र भिडियो अहिले संसारभर रहनु भएको दर्शक श्रोता माझ लोकप्रिय भईरहेको छ |

जेपी नेम्वांङ् र पुष्पा लिम्बू को स्वर रहेको यो गीतको सम्पुर्ण छायांकन् न्युयोर्क अमेरिका को वियर माउन्टेन र लंङ् आईलेन्ड र ज्याक्सनहाईट मा गरिएको हो प्रेम कथामा आधारित यो म्युजिक भिडियो मा कलाकार हरु सुमन थाम्सुहांङ् र सम्झना लावुङ् को मुख्य भुमिका रहेकोछ भने सहायक कलाकार को रुपमा विजेता लिम्बू विनर र सम्राट कार्की रहेकाछन । शब्द संगीत जेपी नेम्बाङको रहेको छ छायांकन सम्राट कार्की सम्पादन प्रविण ढकाल ले गरेका हुन ।

व्याकग्राउन्ड मिक्सिंङ् मनि ताम्लिङको रहेको यो म्युजिक भिडियो लाई जेपिजे ईन्टरटेनमेन्ट न्युयोर्क ले निर्माण गरेका हुन भने हेल्लो अमेरिका टिम को प्रस्तुति रहेकोछ ! र यसलाई किशोर सुब्बा ले निर्देशन गरेका हुन ! भने यसको रिलिज सेप्टेम्वर २२ देखि विस्वव्यापी रिलिज जेपिजे ईन्टरटेनमेन्ट अनलाईन टिभी च्यानल वाट रिलिज गरिएको छ यो संगै अर्को लिम्बू म्युजिक भिडियो “ सफादिक फेरेना..” नामक पनि हालै अमेरिकाको टेक्सास डालस वरिपरि छायांकन् गरेर सकिएको छ यसको पनि हाल धमाधम एडिटिंङ् भैरहेकोछ । हेल्लो अमेरिका टिम वाट अहिले “ हेल्लो अमेरिका” / “ आजको विशेष” / “ घुयोत्रो”/ “ चनमती”/ म्युजिक भिडियोहरु सर्ट मुविहरु र विभिन्न क्रार्यक्रम हरु छायांकन् र निर्माण पनि गरिरहिएको जानकारी गराउदै कुनै पनि कार्यक्रम हरु छायांकन् र निर्माण गर्न सम्पर्क गर्न समेत निदेशक किशोर सुब्बा अमेरिका मा रहनु हुने सबैमा अनुरोध पनि गर्नु हुन्छ |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार