
गायिका सुनिता थेगिम र सँगम लिम्बुको आवाजाममा डार्लिङ नभन बोलको गीतको हिप हप् नृत्यको भिडियो सार्वजनिक संगै दिनप्रतिदिन लोकप्रिय हुदै गैरहेको छ | हेमन गुरुङको कोरियोग्राफी रहेको उक्त डान्सीङ भिडियोको कलाकारहरुमा निरुता\स्मृति कोलकर\मनिष \सुदीप\अस्लिक रहेको छन् | लोकपप शैलीको भाका लाई संगीत साथै प्रस्तुतीकरण साथै एरेन्ज संयोजनले केहि नयापन थपेको महशुस गर्न सकिन्छ |Sangam Limbu युटुब च्यानल मार्फत सार्वजनिक गरिएको डार्लिङ नभन रोमान्टिक लोकपप गीत निर्माण शैलीको हिसाबले मध्यनजर गर्ने हो भने बिशेष गरि नयाँ पुस्ता लाई भनेर तयार पारेको देखिन्छ |
बिशेष गरि लोकपप संगीत सृजना गर्न माहिर संगम लिम्बुले यस गीतमा केहि फरक दिने प्रयास गरेको छर्लङ्ग हुन्छ | डार्लिङ नभन रोमान्टिक सृजनात्मक गीत हरेक दृष्टिले उत्कृस्ट भएर नै छोटो समयमा नै श्रोता तथा दर्शकहरुले असाध्यै मन पराउनु भएको कुरा युटुबको भिवर्स र कमेन्ट बाट थाहा पाउन सकिन्छ |नेपालि सांगीतिक क्षेत्रमा व्यस्त र सफल एरेन्जर को रुपमा परिचित राजु कार्कीले एरेन्ज गरेको यो गीत स्टुडियो किङमा रेकर्ड गरिएको हो |
डार्लिङ नभन बोलको गीत नेपालि संगीत जगतको एउटा दस्तावेज हो भन्दा फरक नहोला |यस्ता प्रकारको गीतको नेपालि सांगीतिक आकाशमा अनन्त सम्म पहिचान र अस्तित्व रहने छ | डार्लिङ नभन बोलको हिपहप नृत्य लाई गायक संगम लिम्बुले विजयादशमी २०७९ को शुभ अवसरमा देश तथा बिदेशमा बस्नुहुने सम्पुर्ण नेपालीमा समर्पित गर्नुभएको छ |
