
लिम्बु भाषा सस्कृतिको संरक्षण उत्थान र प्रचार प्रसारको लागि आफ्नो तर्फबाट केहि गर्ने अठोटको साथ् काम गर्ने उदेश्य बिनोद लिम्बु लाई धेरै पहिले देखि थियो | उक्त क्रियटिभ काम गर्ने अवसर र समयको पर्खाइ अब भने विनोदको पुरा भएको छ |
ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाँउपालिका वडा न ५ साबिक संसाबू गाउमा बुबा गर्ज बहादुर लिम्बु र आमा होमरानी लिम्बुको कोख बाट जन्मेका बिनोद लिम्बु सानै देखि खेलकुद कला सस्कृति र अभिनयमा रुची राख्ने गर्दथे |
हाल सम्म उहाले लिम्बु गीत पालम र नेपाली गीतहरु गरि एक दर्जन भन्दा बढी गीतको म्युजिक भिडीयोमा अभिनय गरेर आफ्नो अब्बल प्रतिभा देखाई सकेका छन् |
लक्ष्मी योङहाङ र विनोदको लिम्बुको अभिनय रहेको सुमन लिम्बू र निरन्ता नेम्बाङको स्वरमा रहेको लिम्बु सस्कृति मुलक पालाम ‘मिम्जीक्क यम्बा’ अहिले चर्चामा छ ।
यासेली योङहाङको शब्द लय संकलन भीम लिम्बूको रहेकोछ । एरेन्ज मनोज साङसोन राई, मिक्सिङ र मास्टरिङ राजु कार्कीको रहेको छ । नारायण लामाको स्वर रहेको हलि दाई बोलको रास्ट्रिय गीतमा विनोदले गरेको अभिनयको अहिले प्रसंसा भइरहेको छ |