कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

एमालेले उम्मेदवार नबनाएपछि करिश्माले लेखिन्- कोठाबाट बाहिर निस्केर सास फेर्नु राम्रो

तर आज महसुस हुँदैछ

बन्द कोठामा बस्नुभन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो’

अभिनेत्री तथा एमाले नेतृ करिश्मा मानन्धरको यो फेसबुक पोस्ट यस्तो समयमा आएको छ जतिबेला उनकै दल एमालेभित्र चुनावको टिकट वितरणमा असन्तुष्टि सिर्जना भएका खबर आइरहेका छन् । समय र सन्दर्भका हिसाबले करिश्माको उक्त पोस्ट त्यसतर्फ लक्षित रहेको बुझ्न कठिन छैन ।

करिश्माको उक्त पोस्टमा अर्की अभिनेत्री सञ्चिता लुइँटेलको लभ रियाक्ट छ । अन्य प्रयोगकर्ताले कमेन्टमार्फत टिकट नपाएको गुनासोको सन्दर्भसँग करिश्माको स्टाटसलाई जोडेका छन् ।

करिश्माको तस्वीर छनोट पनि गज्जबको छ । हातमा वाइन ग्लास लिएको एक पुरानो खुलेको तस्वीरले सांकेतिक रुपमा उन्मुक्तताको सन्देश दिन्छ ।

करिश्माले आफू मतदाता रहेको ललितपुर क्षेत्र नम्बर *१ का एमाले उम्मेदवार नवराज सिलवालको तस्वीर पनि पोस्ट गरेकी छन् । आशिका तामाङ नामक एक प्रयोगकर्ताले करिश्माको टाइमलाइनमा लेखेकी छन्, ‘स्वतन्त्रबाट उठ्नुपर्‍यो ।’

आफ्नै टाइमलाइनमा पोस्ट भएको स्वतन्त्रबाट उठ्नुपर्‍यो भन्ने स्टाटसलाई करिश्माले लाइक हानेकी छन् । सम्भवतः करिश्मालाई एमालेले समानुपातिकबाट उठाउने अपेक्षा गरिएको थियो ।

मनोनयन दर्ता गर्ने दिन बिहान सारीमा सजिएकी करिश्माको अर्को पोस्ट छ, ‘म जनताको मात्र मान्छे हुँ । म करिश्मा मानन्धर भनेर चिनारी दिने नेकपा एमालेलाई धन्यवाद, अब सुरुवात हो ।’

जे होस्, एमालेको टिकट वितरणमा करिश्माको असन्तुष्टि बुझ्न कठिन छैन ।

(*यसअघि समाचारमा ललितपुर क्षेत्र नम्बर १  हुनुपर्नेमा ३ भएकाले सच्याइएको छ ।)

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार