
काठमाडमौं । किशोर सुब्बाको निर्देशनमा अमेरिकामा छायांकन गरिएको अर्को लिम्बु भाषाको गीत ‘सफादिक फेरेना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मनि ताम्लिङ र सिर्जना जबेगुको स्वर रहेको यस गीतको शब्द तथा संगीत यादन सेर्माको रहेको छ । यस्तै संगीत संयोजन मनि ताम्लिङकै रहेको छ ।

जेपीजे इन्टरटेन्मेन्ट च्यानलको प्रस्तुति रहेको यस भिडियाकोे निर्देशन किशोर सुब्बाले गरेका छन् भने सम्पादन मन्दिल श्रेष्ठले गरेका छन् । भिडियोमा नरेन्द्र सेन्दाङ र द्धवारिका सुब्बाको मुख्य भूमिका रहको छ |

युवा युवती बीच भएको माया प्रिती लाई म्युजिक भिडियोमा निर्देशक ले जीवन्त दृपमा प्रस्तुत गरेका छन् | समग्रमा गीत अनुसार भिडियो राम्रो बनेकोछ |
भिडियो जेपिजे इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट केहिदिन अघि सार्वजनिक भएको हो ।
भिडियो हेर्नुहोस !!!