प्रदेशमा पनि कांग्रेसले खाता खोल्यो, मुस्ताङ ‘१’ बाट नाम्डु गुरुङ विजयी

अघिल्लो चुनावको नतिजा उल्टाउँदै मुस्ताङको प्रदेश सभा (क) मा नेपाली  कांग्रेसका नम्डु गुरुङ विजयी भएका छन्।

अघिल्लो चुनावमा इन्द्रधारा विष्ट  १ हजार १६७ मत सहित विजयी भएका थिए।

उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार मिक्युर गुरुङले ६५७ मत प्राप्त गरेका थिए।

इन्द्रधारा मुस्ताङ राजपरिवारनिकट हुन्।कांग्रेसले मुस्ताङमा यो पटक सबै उम्मेदवार ४० तलका बनाएको थियो।नम्डु ३२ वर्षीय हुन्।

प्रतिनिधि सभातर्फ पनि यहाँ कांग्रेसका योगेश गौचन विजयी भएका छन्। प्रदेश ‘ख’को गणना जारी छ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार