सँगम लिम्बु र कौशिला लिम्बुको स्वरमा आखुम आखुम बोलको गीत सार्वजनिक

काठमाडौं ! एकपछि अर्को चर्चित र लोक प्रिय गीतमा आवाज संगै संगीत दिएर चर्चामा आउनुभएको तारा प्रकाश लिम्बु श्रोता तथा दर्शकको मन जित्ने संगीत सृजना गर्न खप्पिस छन् | अहिले ताराले श्रोताको चाहाना र रोजाई अनुसार गायक संगम लिम्बु र कौशिला लिम्बुको समधुर स्वरमा आखुम आखुम बोलको गीतमा संगीत दिएका छन् गीत सुन्दा खेरि तारा प्रकाशको उघिल्लो गीतहरु जस्तै यो गीत पनि चर्चित र लोकप्रिय हुनेमा दुइमत छैन |

गायक सँगम लिम्बु आफैमा प्रतिभाशाली गायक हुन् आफ्नो प्रत्येक गीतहरुमा नयाँ पन र नयाँ क्रियशन सहित गाएर दर्शक तथा श्रोताहरुको मन जित्ने अहिलेका चर्चित कलाकारमध्ये एक हुन् | गायक, रचनाकार, संगीतकार,मोडल कलाकारको भूमिका निभाएर उनले आफ्नो बहुमुखी प्रतिभा देखाइसकेका छन् ।

अब्बल प्रतिभा भएकी निक्कै आशा गरिएकी गायिका कौशिला लिम्बुको जादुमय समधुर स्वर रहेको युगल पप गीत आखुम आखुम को लिरिकल भिडियो संगम लिम्बु युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो |

रमाइलो प्रेम कथामा आधारित आखुम आखुम शब्द संगीत र लयको आधारमा सबै उमेरका श्रोता तथा दर्शकहरुले मन पराउने देखिन्छ | बिशेष गरि लोकपप गायन मा माहिर संगम लिम्बुले यस गीतमा केहि फरक दिने प्रयास गरेको छर्लङ्ग हुन्छ |

गायक संगम लिम्बु कै शब्द रहेको यो गीत सुन्दा थाहा पाउन सकिन्छ संगम लिम्बु र कौशिला लिम्बुको को मिहेनत लगनशीलतार स्वरको दुनियामा उहाहरुको उचाई | गायक संगम लिम्बु र सुनिता थेगिमको आवाज रहेको डार्लिङ नभन बोलको गीत अहिले चर्चामा रहेर सबैको मन जीतिरहेको छ |

आखुम आखुम बोलको गीतको म्युजिक भिडियो केहि समय पछी निर्माण सम्पन्न गरेर औपचारिक कार्यक्रम गरेर सार्वजनिक गरिने गायक सँगम लिम्बुले बताउनुभयो |

भिडियो हेर्नुहोस !!

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent