कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

गायन समाज ताप्लेजुङको अध्यक्षमा गायक दिपक लिम्बु निर्वाचित

काठमाडौं । गायन समाज ताप्लेजुङ(काठमाडौं)को गत माघ ३ गते काठमाडौमा सम्पन्न सातौं वार्षिक साधारण सभाबाट पहिलो नेपाली तारा बिजेता गायक दिपक लिम्बुको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

नयां कार्यसमितिको उपाध्यक्षहरुमा आशीष भट्टराई, मोहन मादेन, सुसन साम्शोहाङ र तारा थेवे, महासचिवमा मेघराज मगराती, सचिवमा कन्चन थलङ, कोषाध्यक्षमा जशोदा सुब्बा, सहकोषाध्यक्षमा रुकमान लिम्बु र सदस्यहरुमा भीम लिम्बु, सुस्मा लिम्बु, पदम राई, रन्जिता सावदेन, राजन पालुङवा, विना भट्टराई, अनिल खड्का र निर्मल सुब्बा आशीष निर्वाचित भएका छन् ।

सोही अवसरमा गत स्थानीय चुनावमा ताप्लेजुङको सिरिजंघा गाउपालिका उपाध्यक्षमा निर्वाचित बहुआयमिक व्यक्तित्वका धनी डा. चित्र माबोलाई ताप्लेजुङको धरतीमा जन्मेर नेपाली साहित्य, गीत लेखन, अनुसन्धानमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अथिति सांस्कृतिक संस्थानका महाप्रवन्धक अशोककुमार राई, वरिष्ठ चलचित्र निर्देशक नविन सुब्बा र वरिष्ठ गायक जसध्वज गुरुङले उनलाई सम्मानीत गरेका थिए ।

मेची अंचलका लोकगीतहरुको विषयमा विद्यावारिधि गर्नुभएका डा. मावो साहित्यकार र गीतकारका रुपमा पनि परिचित छन् । २०६० सालमा उनको पहिलो गीत रेकर्ड भएको थियो । त्यसयता उनले कान्छी सोल्टिनी, सप्तरंगी, भारतीय अतिक्रमणविरुद्ध लेखिएको गो ब्याक ईण्डियाजस्ता गीतहरु बजारमा ल्याईसकेका छन् । साहित्यतर्फ डा. मावोका रोजेको फुल, प्रयोगशालाजस्ता कृतिहरु प्रकाशित छ । ए बि सी न्युज बाट

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार