भब्य कार्यक्रमको साथ मिस लिम्बू छैटौं संस्करणको आवेदन खुला

याक्थुङ युथ एशोसिएसन को आयोजनमा
सम्मान मिस लिम्बू’को छैटौँ संस्करणका लागि आवेदन खुला गरिएको जानकारी गराईएको थियो।

लिम्बू समुदायको बसोबास रहेको स्थानलाई मध्येनजर गर्दै हङकङ, युके र भारतको सिक्किम र दार्जिलिङमा पनि अडिसन लिने भएको आयोजक संस्थाका अध्यक्ष एवं गायक भिम लिम्बूले जानकारी दिए ।

उनका अनुसार नेपालको काठमाडौंमा फागुन ६ गते र धरानमा माघ २८ गते अडिसन हुने भएको छ । तर, सिक्किम, दार्जिलिङ, युके र हङकङमा भने आवेदन दिनेको संख्या हेरेर अडिसनको मिति तय गरिने आयोजकले जनाएको छ । ती सबै स्थानबाट प्रतियोगितामा ३० जना युवतीलाई फाइनलका लागि छनोट गरिने आयोजकले जनाएको छ ।

आयोजकले जानकारी गराएअनुसार ‘मिस लिम्बू’को यस छैटौं संस्करणलाई पूर्वमिस नेपाल तथा कोरियोग्राफर सदिक्षा श्रेष्ठले कोरियोग्राफी गर्ने भएका छन् । साथै, उनीहरुलाई पूर्वमिस नेपाल माल्भिका सुब्बा, सुविन लिम्बू, भाषाविद् यासेली योङहाङ, डिबी आङबुङलगायतले व्यक्तित्व विकासबारे ग्रमिङ कक्षा दिनेछन् ।
यस्तै, प्रतियोगितामा विभिन्न १६ वटा सवटाइटल रहने संयोजक रुकमान लिम्बूले बताए । उनका अनुसार शीर्ष विजेताले नगद ५० हजारसहित स्कुटी पाउनेछन् भने हङकङ भ्रमणको समेत अवसर दिइनेछ ।

संस्थाका अध्यक्ष भिम लिम्बूको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ, समाजसेवी याङ्जोम शेर्पा, तेह्रथुमे ढाका कलेक्शनकी सञ्चालक तथा फेसन डिजाइनर निरु आङबुङ, पूर्वमिस लिम्बूहरु लगायत लिम्बू गायक गायिका तथा कलाकारहरुको बाक्लो उपस्थिति थियो ।

प्रतियोगिताका ग्राण्ड फिनाले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा आउँदो चैत ११ गते हुने आयोजकले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent