दिलिप आङदेम्बेको बास्तबिक जिबन कथामा आधारित “काडै काडा टेकेर ” सार्वजनिक

काठमाडौं गायक तथा सङगितकार दिलिप आङदेम्बे लामाे समय पछि यथार्थ जीवन भाेगाईकाे संगालाे काडै काडा टेकेर मार्फत पुन साङगितिक आकाशमा आगमन भएको छ |

एक दर्जन भन्दा बढि गीतमा संगित र स्वर दिई सकेका गायक केही बर्ष अगाडि दुई महिनाकाे काखे नानिलाई चटक्कै छाेडेर गएकाे आफ्नो जीवन सङगिनिकाे सम्झनामा र पिडामा टुहुराे बालकलाई स्याहार सुसार गर्दै छटपटिरहेकाे समयमा पुन तेईस महिना नपुग्दै दुधे बालक छाेरा शक्ति आङदेम्बे माथि Acute Myelodi Leukemia राेग बाट ग्रसित भई तत्काल काठमान्डाैकाे बाल कान्ति अस्पतालमा छाेराकाे उपचारर्थमा दैनिकि चलाई आँशु ,हासाे राेदन पीडा आफैमा जे छ भाेगिरहेकाे अवस्थामा यथार्थ जीवन भाेगाई भित्रकाे कथामा आधारित काडै काडा टेकेर गीतको म्युजिक भिडियाे सार्वजनिक गरेका हुन।

पारिवारि यथार्थ जीवन भाेगाई भित्रकाे कथा बस्तुमा समेटिएकाे म्युजिक भिडियाे हालै सार्वजनिक गरिएको हो । गितकार, साहित्यकार, उपन्यासकार ईक्साहाङ चेम्जाेङकाे शब्द एकान्त आङदेम्बे लिम्बुकाे सङ्गीत देबेस राईकाे संगित सम्याेजन स्वयम् दिलिप आङदेम्बे आवाज रहेकाे उक्त भिडियाेलाई अहिलेकाे ब्यस्त माेडल जीवन बायुङले निर्दैशन गरेकाे छन भने दिलिप आङदेम्बे , पुष्पान्जलि तिलिङ मादेन र बालक बिरामि शक्ति आङदेम्बे काे अभिनय रहेकाे भिडियाेलाई अमेरिका निवासि दिलु राईले निर्माण गरेकी हुन् | भिडियाे एकान्त आङदेम्बे अफिसियल युटुब च्यानल बाट रिलिज गरिएकाे छ।

भिडियो हेर्नुहोस !!

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार