‘एफ एल एफ अवार्ड २०२३’मा मनोनित कलाकारलाई उपसभामुख रानाद्वारा प्रमाणपत्र प्रदान

काठमाडौं । लिम्बु भाषा र संस्कृतिमा आधारित फिल्म र म्युजिक भिडियोको अवार्ड ‘एफएलएफ २०२३ ’मा मनोनित उत्कृष्ट पाँच कलाकारलाई मनोनयन पत्र प्रदान गरिएको छ ।

फाल्गुनन्द लिङ्देन फिल्म्स्द्वारा आयोजना हुँदै आएको अवार्डको पाँचौ संस्करणका सहभागिलाई उपसभामुख इन्दिरा राना मगरले प्रमाणपत्र वितरण गरेकी हुन् ।

अवार्डमा फिल्मको तर्फबाट अभिनेत्रीमा लक्ष्मी योङहाङ, विमला खजुम, अनुषा लिम्बु, अभिनेतामा टीकाराम लिम्बु माखिम, रुद्र पाहिम, तान्छोहाङ इङनाम, गायकमा सुसन साम्सोहाङ, टिका लिम्बु, सुमन लिम्बु छन् ।

गायिकामा मेचु धिमाल, मनु नेम्वाङ, श्रेयसी चेम्जोङ छन् । संगीतकारमा मान तबेबुङ, बुद्धराज लिम्बु, शैलेन्द्र नाल्बो छन् । कथामा सागर केरुङ, टीका माखिम, सहनिर्देशकमा छबि कटवाल, चन्द्रप्रसाद घिमिरे, शृङगारमा रबिना थापा तोलाङ्गी, अशोक मण्डल, निर्देशनमा दिनेश लिङदेन, टिकाराम लिम्बु, छायांकनमा सुमन योञ्जन, कौसल राना, इशक जबेगु मनोनयनमा परेका छन् ।

म्युजिक भिडियोबाट अभिनेत्रीमा पुष्पाञ्जली तिल्लिङ लिम्बु, केन्जल योङहाङ, रुबिना लिम्बु अभिनेतामा पुर्ण सेलिङ, शैलेन्द्र नाल्बो, नन्दमान तुम्बापो, गायकमा सम्भु फोम्बो, डीआर हाङ्स्रुम्बा, नोगेन हाङ्स्रुम्बा, गायिकामा निरन्ता नेम्वाङ, गंगा सिङजाङगो लिम्बु, रुक्सना लिम्बु, गीत तथा संगितमा रीता ठूली फोम्बो, शैलेन्द्र नाल्बो, येहाङ लावती, छायांकनमा सञ्जय आचार्य, भुपेन्द्र तुम्बाहम्फे, देवराज सिग्देल र निर्देशनमा हाङ चेम्जङ, दिनेश माङमु र सागर केरुङ छन् ।

उपसभामुख मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गायक तथा संगितकार संगम लिम्बु र निर्माता तथा गीतकार शैलेन्द्रकुमार नाल्बोलाई सम्मान प्रदान गरिएको थियो । अवार्डमा फिल्म निर्देशक उदय सुब्बा, लिम्बु भाषाविद याशेली योङहाङ र गायक तथा संगितकार कुल्बा सुब्बा जुरी मण्डलमा छन् । अनलाइन खबर

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार