कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

प्रदेश १ सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा बाट मृदुल आङबोको रक्ताँसु बिमोचन

काठमाडौं आङबो सङजुम्भोको पाँचौ अन्तरास्ट्रीय सम्मेलन तथा प्रथम ऐतिहासिक महाधिबेशन आङबोहरुको उत्पति स्थान प्रदेश नं १ पाँचथर जिल्ला फालेलुङ -७ पापुङदेन, तिनसल्ले चोत्लुङ माङघेन्ना यकमा हालै भब्य र सभ्यको साथ् हालै सम्पन भयो |

उद्घाटन समारोहमा मृदुल आङबोकृत गजल सङ्ग्रह रक्ताँसु बिमोचन भएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश–१, सरकारका स्वास्थ्यमन्त्री निर्मला तावा संस्थाको अध्यक्ष अइन्द्र आङबो लगायत अन्य अतिथिहरुले संयुक्त रुपमा रक्ताँसुको बिमोचन गर्नुभएका थिए ।

रक्ताँसुबारे समिक्षात्मक टिप्पणी राख्दै पाँचथर गजल मञ्चका अध्यक्ष सन्देश सुब्बाले गजलकार मृदुल आङबो समकालीन समयका संवेदनशील गजलकार भएको उनको नवीनतम कृति रक्ताँसु पाठकको हृदयलाई स्पर्श गर्न सक्षम रहेको बताए । अर्का समिक्षक शंकर आत्माले मृदुलको सङ्ग्रहमा प्रणयजन्य गजलहरुको अधिक्यता रहे तापनि विविध विषयवस्तु समेटिएको टिप्पणी गरे । कार्यक्रममा सहभागी प्राय सबैले गजल सङ्ग्रह रक्ताँसु खरिद गर्नु भएको थियो | उक्त गजल सङ्ग्रह भित्रको कृति लाई पाठकले रुचाइ एका छन् |सोही कार्यक्रमको अवसरमा मृदुल आङबो लाई सह प्राध्यापक मधु केरुङले सम्मान गर्नु भएको थियो |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार