कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

टेक्सास अमेरिकामा लिम्बु भाषाको चलचित्र ‘थेत्लङ’ भव्यताका साथ प्रदशन हुने

किशोर सुब्बा बाट निर्देशित लिम्बु भाषाको कथानक चलचित्र ‘थेत्लङ्’ TEXAS DALLAS ,USA मा यहि 2023 फेव्रुवरी 23 विहिबार बेलुकी ६ बजे लिफ एन्ड करि हाउस को सभाहल ,डालस भव्य प्रदर्शन हुदैछ !किरात याक्थुङ चुम्लुङ टेक्सास , अमेरिका आयोजक रहेको छ भने कृष्णजंग लिम्बू संयोजन रहनु भएको छ

उक्त दिन सम्पुर्ण लिम्बू तथा गैर लिम्बू आदरणिय महानुभावहरुमा हार्दिक चुले निम्तो रहेको निर्देशक किशोर सुब्बाले जानकारी गराउनु भएको छ ।

चलचित्रमा बिशाल सेनेहांड्, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिंड्, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिबांड्, सागर केरुंड्, सुखविर लिम्बु लगायतका कलाकार रहेको छन् भने निर्मातामा मनि ताम्लिंड् र बिराज लिम्बु रहेका छन् । ओपेरा क्रियशन्स प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र ‘थेत्लंड्’ सिक्किमको बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । चलचित्रमा नृत्य दिनेश लिम्बु, संगीत कुल्बा सुब्बा, राजु, पबिन, मोनि, छायांकन हेमन्त योञ्जन, सम्पादन सुमन र कथा देउमान होन्दोक लिम्बु, पटकथा, सम्वाद सागर केरुङको रहेको छ ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार