
झापा गीतकार कल्पना आङबुहाङकाे गीत ‘गाई त चर्ने’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । पुर्बेली लाेक शैलीमा तयार पारिएको गीत मेरी आमा युटुब च्यानलमा सार्वजनिक भएको छ ।
गायक कृष्णभक्त राई र गायिका सुनिता थेगिमकाे स्वर सुन्न सकिन्छ । गीतमा राईले नै सङ्गीत भर्ने र एरेञ्ज गर्ने काम गरेका छन् । निर्माण सुवासचन्द्र राईले गरेका छन् । लाेकेन साँवाले निर्देशन गर्नु भएको भिडियोमा चर्चित मोडल सुन्दर खवास र नायिका लक्ष्मी योङहाङले सुन्दर अभिनय गरेका छन् । गीतकाे कोरियोग्राफरमम छवि थापा मगर र विन्द्र राई रहेका छन् । त्यस्तै, उत्सव दाहालकाे छायाङ्कन, विकास दाहालको सम्पादन, अनिता ग्वाचाका श्रङ्गार रहेको छ ।

किङ्स स्टुडियो अनामनगरमा रेकर्ड गरिएको गीतलाई राजु कार्कीले मिक्सिङ र मास्टरिङ गरेका छन् भने सुरेश राईले रेकर्ड गरेका छन् । गीतले दर्शकको मन जित्ने विश्वास निर्देशक साँवाले गरेका छन् ।
भिडियो हेर्नुहोस !!