किरात याक्थुंङ् चुम्लुङको आयोजनामा टेक्सास अमेरिकामा ‘थेत्लङ’ को भब्य प्रदशन

काठमाडौं सफल एवंम चर्चित विस्वव्यापी रुपमा प्रदर्शन भइरहेको लिम्बू भाषाको कथानक चलचित्र “ थेत्लंङ्” को विशेष प्रदर्शन किरात याक्थुंङ् चुम्लुंङ् टेक्सास को आयोजना मा यहि फेव्रुवरी २३ विहिवार २०२३ का दिन टेक्सास को डालस स्थित लिफ करि एन्ड रेस्टुरेन्ट वार को शभा हलमा भव्यताका साथ प्रदशन भएको जानकारी सदाबहार निर्देशक किशोर सुब्बाले अमेरिका बाट पाथिभरा च्यानल लाई दिनु भयो | निर्देशक सुब्बाले समुदायको उत्थान र हितको लागि नेपालमा हुदै देखि बिशेष योगदान पुर्याउदै आउनु भएको थियो | निर्देशक किशोर सुब्बा लाई किरात याक्थुंङ् चुम्लुंङ् टेक्सासले सम्मान पनि गरेको थियो |

चलचित्रमा बिशाल सेनेहांड्, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिंड्, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिबांड्, सागर केरुंड्, सुखविर लिम्बु लगायतका कलाकार रहेको छन् भने निर्मातामा मनि ताम्लिंड् र बिराज लिम्बु रहेका छन् । ओपेरा क्रियशन्स प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्र ‘थेत्लंड्’ सिक्किमको बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । चलचित्रमा नृत्य दिनेश लिम्बु, संगीत कुल्बा सुब्बा, राजु, पबिन, मोनि, छायांकन हेमन्त योञ्जन, सम्पादन सुमन र कथा देउमान होन्दोक लिम्बु, पटकथा, सम्वाद सागर केरुङको रहेको छ ।

हाल अमेरिकामा रहनु भएको नायक आशिष लिङदेन चलचित्र “ थेत्लंङ्” हेरिसके पछी यस्तो प्रतिक्रिया दिनुहुन्छ |धेरै समय पछि(१५/१६ बर्ष) आफ्नो भाषा,कला,सस्कृतिले भरपुर मनोरन्जनात्मक लिम्बु चलचित्र थेत्लड.अमेरिकाको Dallas Texas मा हेर्ने मौका मिल्यो, आयोजक टिमलाई धेरै धेरै धन्यबाद! आफ्नै भाषा, कला सस्कृतिका चलचित्र धेरै समय पछाडि हेरेर होकि, अति नै मार्मिक लाग्यो। मन छोयो, पट कथा सम्बाद, नायक,नायिका देखि सबै कलाकारहरूले अत्यन्तै राम्रो अभिनय गरेका छन! सबै टिमलाई सेवारो भन्दै,धन्यबाद भन्न चाहन्छु, डाईरेक्टर ज्यू लाई अरू पनि यस्तै यस्तै राम्रा हाम्रो चलचित्रहरू ल्याई राख्नुहोस भन्ने शुभकामना दिन चाहन्छु।


सम्बन्धित शीर्षकहरु

मुख्य समाचार