
बौदिक विकास र सौन्दर्य, पहिचान र सँस्कृति भन्ने मुल नाराका साथ सम्मान मिस लिम्बु यही चैत्र ११ गते शनिबार सम्पन्न हुनगैरहेको छ यहीक्रममा अनामनगरस्थित सिलौटो कटेजको हलमा ट्यालेन्ट शो सम्पन्न भएको छ |

उक्त कार्यक्रमको लागि निर्णयाक मन्डलमा पूर्वमिस लिम्बू सानु नेम्बाङ, पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ, गायिका तथा अभिनेत्री विष्णु चेम्जोङ, लिम्बू विद्यार्थी मन्चका अध्यक्ष दीपा लक्सम, छमछमी सिजन–२ का विजेता सरोज राना प्रजा, एपी वान टेलिभिजनका मार्केटिङ अफिसर रोशन सुबेदी र किरात थाक्थुङ चुम्लुङ सांस्कृतिक परिषद्का अध्यक्ष गोविन्द आङबुङ रहनु भएको थियो

उक्त कार्यक्रमको बारेमा याक्थुंङ युथ एशोसियसनको अध्यक्ष भिम सेनेहाङ आफ्नो धारणा यसरि राख्नु हुन्छ |

हाम्रो अनुरोधलाई स्विकार गरी उपस्थिती जनाइ कार्यक्रम सफल पारीदिन महत्वपूर्ण सहयोग पुर्याइ दिनु भएकोमा सम्पुर्ण निर्णयक ज्युहरु पत्रकार ज्युहरु र अबिभाबक ज्युहरु प्रती हार्दिक आभार ब्यक्त गर्दछौ !