
काठमाडौ – लिम्बू सस्कृतिक मुलक चलचित्र ‘लोजिमा’ को पाश्य संगीतको काम शुरु भएको छ। लोजिमाको पार्श्व संगीत बरिष्ठ संगीतकार तथा एरेन्जर अशोक कुमार राईले गरिरहनु भएको छ | पाथिभरा च्यानल संग कुरा गर्दै राईले भन्नु भयो हालको उच्चस्तरीय प्रबिधि लाई प्रयोग गर्दै चलचित्रको कथाको मर्म र कलाकारले गरेको अभिनय अनुसार जीवन्त ढंगले पार्श्व संगीत तयार पारेर उदाहरणीय काम गर्ने छु | चलचित्रको बिशेष प्राविधिक सहयोगी ड्रिम्स ए, मेरो हजुर,साइत २ लगायत दर्जनौ सुपरहिट चलचित्रको मुख्य सहायक निर्देशक बसन्त अधिकारी हुनुहुन्छ भने सम्पादन संजय अधिकारीले नया क्रियसनको साथ् गर्दै हुनुहुन्छ |
सर्बोकृस्ट रास्ट्रिय सास्कृतिक अवार्ड पाउन सफल कुसुम चलचित्र निर्देशन गरेर चर्चामा आउनु भएका निर्देशक सागर सुब्बाको कथा निर्देशन रहेको छ । लिम्बु संस्कृति तथा जीवन्त प्रेम कथामा आधारित चेतना र सन्देश मुलक चलचित्रलाई सागर केरुङ्ले पटकथा सम्बाद लेखेका हुन ।

सुन्दरता संग संगै अभिनय र नृत्यमा पनि अब्बल नायिका बिमला लिम्बुले उदयमान नायिकाको रुपमा सबैको मन जितिरहेकी छिन | बिमला लिम्बुले चलचित्र लोजिमा मा शीर्ष भूमिकामा कथाको माग अनुसार जीवन्त अभिनय गरेकी छिन |
मिस टिन इन्डिया हुदै मिस टिन युनिभर्सल टप सेभेन साहारा हाङमा लिम्बुले लोजिमा मार्फत नायिकाको रुपमा डेब्यु गर्दै छिन |चलचित्रमा साहारा हाङमाको जोडीको रुपमा नायक रुद्र पाहिमले अभिनय गरेका छन् |
गायकको रुपमा आफ्नो परिचय बनाइसक्नु भएका नृत्य र बिभिन्न कार्यक्रम मार्फत आफ्नो बेजोड अभिनय ले चर्चित आशाहाङ आङबो ले पनि यस चलचित्र बाट नायकको रुपमा आगाडी आउनुभएको छ |
नायिका निशाम तुम्बापो पनि चलचित्र लोजिमा मार्फत आफ्नो अब्बल अभिनयको साथ दर्शक माझ आउंदै छिन |

पाथीभरा च्यानलको ब्यानरमा निर्मित चलचित्रमा निर्माता आशाहाङ आङ्बो, कार्यकारी निर्माता पम्फावती राई, मुख्य सहाय निर्देशक दिपक अधिकारी, छायांकन रबिन्द्र बराल, शृङ्गार नरेश खरेल, अशोक लोहरुङ राईको एरेन्ज रहेको चलचित्रमा मा मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर रहेको छ । निर्माण प्राबिधिक टिम कथाको माग अनुसार कलाकार समेत राम्रो भएकोले निर्देशक सुब्बा समेत लोजिमा उत्कृष्ट बन्नेमा विस्वस्त छन ।

मिस टिन इन्डिया हुदै मिस टिन युनिभर्सल टप सेभेन साहारा हाङमा लिम्बुले लोजिमा मार्फत नायिकाको रुपमा डेब्यु गर्दै छिन |चलचित्रमा साहारा हाङमाको जोडीको रुपमा नायक रुद्र पाहिमले अभिनय गरेका छन् |

गायकको रुपमा आफ्नो परिचय बनाइसक्नु भएका नृत्य र बिभिन्न कार्यक्रम मार्फत आफ्नो बेजोड अभिनय ले चर्चित आशाहाङ आङबो ले पनि यस चलचित्र बाट नायकको रुपमा आगाडी आउनुभएको छ |
पाथीभरा च्यानलको ब्यानरमा निर्मित चलचित्रमा निर्माता आशाहाङ आङ्बो, कार्यकारी निर्माता पम्फावती राई, मुख्य सहाय निर्देशक दिपक अधिकारी, छायांकन रबिन्द्र बराल, शृङ्गार नरेश खरेल, अशोक लोहरुङ राईको एरेन्ज रहेको चलचित्रमा मा मनु नेम्बाङ, सुनिता थेगिम र आशाहाङ आङ्बोको स्वर रहेको छ |
सम्पादन लगायत चलचित्रको सम्पूर्ण प्राबिधिक काम लाई हालको प्रबिधि अनुसार गुण स्तरीय रुपमा सम्पन गरि चाडै प्रदशन गरिने निर्देशक सागर सुब्बाले बताउनु भयो |