कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

रिबेल र रेखाको उत्कृस्ट अभिनय रहेको ‘मेरी माया’को फिमेल भर्सन सार्वजनिक

काठमाडौं : नेपाली म्युजिक भिडियो क्षेत्रमा राम्रो सम्भावना बोकेका मोडल तथा कलाकार हुन् रिबेल राई। युवा पुस्ताले निकै रुचाउने रिबेल अभिनित नयाँ म्युजिक भिडियो रिलिज गरिएको छ।

‘मेरी माया’ बोलको फिमेल भर्सनको भिडियोमा रिबेललाई देख्न सकिन्छ। भिडियोमा समाबेश गीतमा लोकप्रिय गायिका अन्नु चौधरीको आवाज रहेको छ। गीतमा अन्नुलाई उर्गेन दोङले साथ दिएका छन् । यो गीत फिमेल भर्सनमा रिलिज भएको हो।

मेल भर्सनमा उर्गेन दोङको आवाज रहेको छ। जुन गीतलाई युट्युबमा २७ लाख बढी पटक हेरिएको छ। त्यसो त, मेल भर्सन भनिएको गीतमा मेलिमा राइको पनि आवाज छ। अन्नु र उर्गेनको आवाजमा फिमेल भर्सन भनेर शुक्रबार रिलिज गरिएको हो।

गीतमा उर्गेन दोङ र कविर दासको शब्द अनि संगीत रहेको छ। उर्गेनको अन्नुसँग सहकार्य गरेको यो दोस्रो गीत हो। पहिलो गीत ‘लजालु माया’मा उर्गेनले अन्नुसँग यस अघि सहकार्य गरिसकेका थिए।

फिमेल भर्सनको अडियो निकै प्रेमिल छ। अडियोलाई न्याय दिने भिडियो निर्माण गरिएको छ। भिडियोमा रिबेल राई र रेखा फागु फिचर्ड छन्। उनीहरूको गजबको केमिस्ट्री भिडियोमा देख्न सकिन्छ। एउटा प्रेमिल प्रेम जोडीको कथावस्तुलाई भिडियोमा झल्काइएको छ।

भिडियोलाई यसै भिडियोका मोडल स्वयं रिबेलले नै निर्देशन गरेका हुन्। भिडियो हेर्दा रिबेल कलाकार मात्रै नभएर एक अब्बल निर्देशक पनि हुन् भन्ने कुरा आभाष हुन्छ। भिडियोमा विशाल घिमिरे सह-निर्देशकको रुपमा रहेका छन्। प्रोडक्सन म्यानेजमेन्ट चाहिँ मिलन कटुवालले गरेका छन् ।

आकर्षक लोकेशनसहित आकर्षक फ्रेममा अनिल के मानन्धरले भिडियो खिचेका छन्। भिडियोलाई सम्पादन गर्ने काम चाहिँ मनोज कार्कीले गरेका हुन् । भिडियो रिबेलले आफ्नै युट्युब च्यानलबाट रिलिज गरेका हुन् ।

दर्शकले मेल भर्सनको अडियो भिडियो दुबैलाई निकै रुचाइएका थिए। अब फिमेल भर्सनलाई कत्तिको रुचाउने हुन् त्यो त केही दिन पर्खिनै पर्छ। फिल्मी पत्र

भिडियो हेर्नुहोस !!

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार