सुसन लिम्बु र सविना योङहाङको ‘घर कता’ को भिडियो सार्वजनिक

काठमाडौं, ८ बैशाख । गायक सुसन साम्सोहाङ लिम्बू करिब पाँच वर्षपछि नयाँ गीत तथा भिडियो लिएर आएका छन् । गायन सुसन र सविना योङ्हाङको युगल स्वर रहेको पुर्वेली लोकलयको ‘घर कता’ बोलको गीत शुक्रबार रिलिज भएको छ । गायक सुसनले यस गीतको भिडियोलाई आफ्नै अफिसियल युट्युब च्यानल ‘सुसन साम्सोहाङ’मार्फत सार्वजनिक गरेका हुन् ।

शसी गुरुङको संगीत र अर्जुन भट्टराई शब्दरचना रहेको यस गीतको भिडियोलाई बरिष्ठ नृत्य निर्देशक कमल राईले निर्देशन गरेका हुन् । गीतको भिडियोमा अभिनेत्री तथा मोडल विमला खजुम लिम्बू र जान थापा मगरले अभिनय गरेका छन् । बरिष्ठ छायाँकार शिव ढकालले खिचेको यस भिडियोमा विमला र जानमको केमेष्ट्रि गजबले जमेको छ ।

करिब दुई दशकदेखि नेपाली गीतसंगीत क्षेत्र निरन्तर सक्रिय रहँदै आएका सुसन यस बीचमा व्यक्तिगत समस्याका कारण झण्डै पाँच वर्ष ‘ब्याक’ भएका थिए । गीत तथा भिडियो सार्वजनिक गरेपछि गायक सुसनले भने, ‘आफ्नै व्यक्तिगत समस्याका कारण केही वर्ष हराउनु परेको थियो । अब यही गीतबाट पुनः पहिलेजस्तै अगाडि बढ्नेछु ।’

सुसनका ‘आएन प्रदेशी’, ‘पन’ ‘उजेली’, ‘सोल्टिेनी’ र ‘माराम’ (लिम्बूभाषा) जस्ता पाँच वटा सोलो एल्बम बजारमा छन् । ‘सोल्टिेनी’ र ‘प्रदेशी आएन’ जस्ता गीतबाट दर्शक तथा श्रोतामाझ लोकप्रिय रहेका गायक सुसन आफ्नो यो पछिल्लो गीतबाट पनि आशावादी छन् ।

भिडियो हेर्नुहोस !!

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent