लोजिमाको सुटिङमा सबै लाई भाबुक बनाएकी सन्जन नेम्बाङ

मधुर मुस्कानको साथ् मिठो बोली सहयोगी भावना समाजको हरेक क्षेत्रमा सक्रिय कला सस्कृति लाई माया गरेर बेला बखत आफ्नो बेजोड अभिनय लिएर दर्शक माझ आइरहनु हुने कलाकार हुन् सन्जन नेम्बाङ बास्तवमा नै उनको अभिनय प्रतिभा तारिफ योग्य छ |

सागर सुब्बा बाट निर्देशन गरिएको सिक्किममा छायांकन भएको लिम्बु सस्कृतिमा आधारित चलचित्र लोजिमा मा दर्शकहरुले सम्झना गर्न लायकको पात्रको रुपमा सन्जन नेम्बाङ लाई देख्न्न पाइने भएको छ |

सिक्किमकी सन्जन नेम्बाङको जीवनमा बितेका दुई दशकमा धेरै उतारचढाव आए । केहि महिना अघि सबैलाई सरप्राइज दिंदै निक्कै आशा गरिएको चलचित्र लोजिमामा अभिनय गरिन् ।

चलचित्र लोजिमाको नायिका बिमला लिम्बु संगको दुश्यमा शुटिङको क्रममा बास्तबिक मै आँशु झार्दै रुदै गरेको उनको अभिनयले त्यहाँ रहनु भएको सबै लाई भाबुक बनाउनु भएको थियो |समाजसेवा संगै कला क्षेत्रलाई निरन्ता दिएमा सन्जन बाट भबिष्य पनि उनको अब्बल प्रतिभा सबैले हेर्न पाइने छ |

समाजको हरेक क्षेत्र लाई राम्रो संग नियालेर बुझ्नु भएका सन्जनको स्वभाव मनमा लागेको कुरा भनिहाल्ने छ ।

लिम्बु भेषभूषा र गरगहनामा प्रति सचेत रहेकी सन्जन लोजिमाको सुटिङमा कथाको माग अनुसार आफुले लागाउने मात्र नभएर अन्य कलाकारहरु लाई पनि सरसल्लाह दिएर अभिभावकको भूमिका निभाउनु भएको थियो |

करिब दुइ दशक अघि सिक्किमका चर्चित कलाकार देबी लिम्बुको निङवासो एल्बममा रहेको एउटा गीतको भिडियोमा अभिनय गरेर सन्जन ले कला यात्राको शुरुवात गर्नु भएको हो |

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार