रियाशा र भिक्टरलाई विवाहको बधाई दिँदै बालेनले भने– मेरा प्यारा मान्छेहरू

नवविवाहित जोडी मोडल तथा कलाकार रियाशा दाहाल र ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेललाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले बधाई दिएका छन्। 

नवविवाहित जोडी मोडल तथा कलाकार रियाशा दाहाल र ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेललाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले बधाई दिएका छन्। 

तीन वर्षदेखि प्रेममा रहेका रियाशा र भिक्टरले मंगलबार भक्तपुर सूर्यविनायकको एक रिसोर्टमा बिहे गरेका हुन्।

वैवाहिक समारोहमा सहभागी भएका मेयर शाहले बुधबार सामाजिक सञ्जालमार्फत पनि उनीहरूलाई बधाई दिएका हुन्। यस क्रममा उनले दुवै जनालाई आफ्ना प्यारा मान्छेहरू भनेर सम्बोधन गरेका छन्। 

उनले लेखेका छन्, ‘हार्दिक शुभकामना! दुवैलाई माया, मेरा प्यारा मान्छेहरू!’

भक्तपुरको सूर्यविनायक निवासी रियाशा र काठमाडौँको गोलढुंगा निवासी भिक्टर झन्डै ३ वर्षदेखि गुपचुप प्रेम सम्बन्धमा थिए। 

युट्युबमा प्रसारण हुने भिडिओ सिरिज ‘आजकालको लभ’बाट चर्चामा आएकी रियाशा पछिल्लो समय टेलिचलचित्र ‘गाह्रो छ हो’मा काम गरिरहेकी छन्। रियाशाले थुप्रै म्युजिक भिडिओमा पनि काम गरेकी छन्। नेपाल खबर

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार


Most Recent