‘एफ एल एफ अवार्ड २०२३’ को भोटिङ पार्टनरमा खल्ती

काठमाडौं । लिम्बु भाषा र संस्कृतिमा आधारित फिल्म र म्युजिक भिडियोको अवार्ड ‘एफएलएफ २०२३ ’को भोटिङ पार्टनरमा खल्ती रहेको छ | प्रचारप्रसार पाथीभरा च्यानल डट कम ले गरेको छ |

यो लिंक क्लिक गरेर पनि मनोनयनमा पर्नु भएका श्रस्टा लाई सजिलै भोट दिनु सक्नु हुन्छ

https://voting.khalti.com/?csrt=12674906153188122627#/vote-contestants/flf-awards

फाल्गुनन्द लिङ्देन फिल्मस दारा आयोजना हुँदै आएको अवार्डको पाँचौ संस्करणका सहभागिलाई उपसभामुख इन्दिरा राना मगरले प्रमाणपत्र वितरण गरि सकेकी छिन |

फाल्गुनन्द लिङदेन फिल्म्स को प्रबन्ध निर्देशक दिनेश लिङदेनको अनुसार बिभिन्न विधामा नामिनेशन परेका स्रस्टाहरुले खल्ती मार्फत जसले बढी मत प्राप्त गर्छ सोहि स्रस्टा बिजय भइ अवार्ड प्राप्त गर्ने पाथिभरा च्यानल लाई बताउनु भयो |

भोट हाल्ने तरिका यस प्रकार रहेको छ |

नेपाल भित्र बाट यो लिंक प्रयोग गरि भोट हाल्न सकिने छ |

https://khalti.com/go/?t=vote&action=vote-contestant&contest_slug=flf-awards

नेपाल भित्र बाहिर बाट यो लिंक प्रयोग गरि भोट हाल्न सकिने छ |

https://khalti.com/thirdparty-apps/#/vote-event/flf-awards

अवार्डमा फिल्मको तर्फबाट अभिनेत्रीमा लक्ष्मी योङहाङ, विमला खजुम, अनुषा लिम्बु, अभिनेतामा टीकाराम लिम्बु माखिम, रुद्र पाहिम, तान्छोहाङ इङनाम, गायकमा सुसन साम्सोहाङ, टिका लिम्बु, सुमन लिम्बु छन् ।

गायिकामा मेचु धिमाल, मनु नेम्वाङ, श्रेयसी चेम्जोङ छन् । संगीतकारमा मान तबेबुङ, बुद्धराज लिम्बु, शैलेन्द्र नाल्बो छन् । कथामा सागर केरुङ, टीका माखिम, सहनिर्देशकमा छबि कटवाल, चन्द्रप्रसाद घिमिरे, शृङगारमा रबिना थापा तोलाङ्गी, अशोक मण्डल, निर्देशनमा दिनेश लिङदेन, टिकाराम लिम्बु, छायांकनमा सुमन योञ्जन, कौसल राना, इशक जबेगु मनोनयनमा परेका छन् ।

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार