कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

रास्वपामा प्रवेश गरे बैंकर अनिलकेशरी शाह

चर्चित बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन्।

उनलाई रास्वपा सभापति रवि लामिछानेसहितका नेताहरुले बिहीबार बालाजुस्थित पार्टीको नयाँ केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच स्वागत गरेका छन्।

रास्वपा नेता एवम् प्रतिनिधिसभा सदस्य शिशिर खनालले शाहलाई पार्टीमा स्वागत गरिएको जानकारी दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शाहलाई प्रशिक्षण विभाग प्रमुख बनाएको छ हो।

खनालका अनुसार शाहले अब रास्वपामा प्रशिक्षण विभागको नेतृत्व गर्ने छन्। प्रशिक्षण विभागको नेतृत्वमा रहेर शाहले अब रास्वपाका नेता कार्यकर्तालाई प्रशिक्षण दिने छन्। 

उनी पछिल्लो पटक नविल बैंकको सीईओको भूमिकामा थिए। त्यहाँबाट बिदा भएपछि उनी मोटिभेस्नल स्पिकरका रुपमा सक्रिय थिए। उनले नेतृत्व विकाससम्बन्धी तालिम पनि दिने गरेका छन्।


 

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार