
गोरखाको बारपाकमा माता ऐरिनी घले र पीता धनकुमार घलेको कान्छी छोरीका रुपमा जन्मिएकी हुन् रुबिना घले । उनका तीन जना दिदिहरु छन्। घले सामान्य परिवारमा जन्मेकी हुन्। घरको कान्छी छोरी भएकै कारणले गर्दा बाबा आमाले अझ बढी माया गरेका उनले बताइन्। घले सानैदेखि खेलकुदमा रुचि राख्ने गर्थिन्।

रुबिना घलेले थाइल्यान्डमा भएको चौथो हिरोज अन्तर्राष्ट्रिय तेक्वोंदो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छिन्। उक्त खेलले नै घलेलाई छुट्टै पहिचान दिलाएको छ। नेपालको नाम राख्न पाउँदा आफूलाई गर्व महशुस भएको बताउँछिन् । तेक्वोंदो खेलमा दख्खल राख्ने उनी राष्ट्रिय, अन्तराष्ट्रिय खेलहरुमा सहभागी समेत भइसकेकी छन्। प्राय जसो प्रथम स्थान हाँसिल गर्ने घले तेक्वोंदो खेलको क्रममा भारत, चीन र थाइल्यान्ड समेत पुगिसकेकी छिन्।

खेलका लागि पहिलो पटक भारत पुगेकी रुबिना घलेले सन् २०१६ मा दोस्रो स्थान हाँसिल गरेकी थिइन्। तेक्वोंदो खेलको प्रशिक्षकसमेत रहेकी घले उक्त खेलमा परिवारको अहिले राम्रो साथ र सहयोग रहेको बताउँछिन्। सुरुका दिनहरुमा तेक्वान्दो खेलका लागि नमाने पनि बुबाआमालाई आफूले राम्रोसँग सम्झाएपछि मात्रै तेक्वोंदो खेल्न दिएको बताउँछिन्।

साथीको दाईले तेक्वोंदो खेल्दा प्रभावित भएको बताउँने उनी तेक्वान्दो आफ्नो सपना भएको सम्झिन्छिन्। करिब १० भन्दा बढी खेलमा सहभागी भैसकेकी उनले आफू सदैव तेक्वोंदो खेलिरहने बताइन्। विभिन्न पदकबाट सम्मानित रुबिना सन् २०१८ मा थाइल्यान्डमा भएको चौथो हिरोज अन्तर्राष्ट्रिय तेक्वोंदो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी हुन्।

पहिलो पटक खेलका लागि भारत जाँदा रमाइलोसँगै डर लागेको उनिले सम्झिन्छिन्। कुनै बेला तेक्वोंदोको विद्यार्थी रहेकी घले यतिबेला काठमाडौँको सादोबाटोमा विद्यार्थीहरुलाई तेक्वोंदो सिकाउदै छिन्। तेक्वान्दो खेलले आफूलाई देश विदेशमा चिनाएको बताउँदै उनी भन्छिन् – ‘विद्यार्थीहरुलाई तेक्वोंदोको प्रशिक्षण दिन पाउँदा खुशी लाग्छ’। स्वर्ण पदक हात पार्न सफल रुबिना घलेले तेक्वान्दोमा अझ मिहिनेत गर्ने बताउछिन्।

तेक्वोंदो खेलमा झन्डै १० वर्ष बिताइसकेकी घले आफूले तेक्वान्दो सिकि रहँदा प्रशिक्षकहरु अहिलेको जस्तो अनुभवी नभएको उनले बताउँछिन्। अहिले भने प्रशिक्षकहरु अनुभवी भएको उनी बताइन। तेक्वोंदो खेलमा भविष्य देख्ने घलेले सरकारी तहबाट थप योजना तथा कार्यक्रम ल्याउनु पर्ने जनाउँछिन्। तेक्वोंदो खेलमा महिलाहरुको सहभागिता न्यून भएको भन्दै यस खेलमा महिलाहरुको सहभागिता बढाउनका लागि विभिन्न कार्यक्रमहरु ल्याउन सरकारसँग आग्रह गरेकी छन्। नेपाल रैबार बाट



